close

फ्रान्सको नियम, १५ बर्ष मुनिका बिद्यार्थीलाई स्कुलमा मोबाइल प्रतिबन्ध

टेकपाना टेकपाना

कात्तिक १४, २०७६ १३:४

फ्रान्सको नियम, १५ बर्ष मुनिका बिद्यार्थीलाई स्कुलमा मोबाइल प्रतिबन्ध
 एजेन्सीबाट

फ्रान्सले १५ बर्ष मुनिका बिद्यार्थीलाई स्कुलमा मोबाइल प्रयोग गर्न नपाउने नियम लागु गरेको छ । नयाँ नियम अनुसार फ्रान्सभर बिद्यार्थीले कुनै पनि प्रकारको मोबाइल, ट्याब्लेट र स्मार्टवाच प्रयोग गर्न पाउने छैनन् ।

फ्रान्सले गत भदौमा नै यस किसिमको नियम पारित गरेको थियो । यद्यपि यो नियम यही सोमबारदेखी मात्र कार्यान्वयनमा आएको हो । नयाँ नियमले स्कुल समयमा मोबाइल प्रयोग प्रतिबन्धित हुनेछ ।

यस्तो नियम १५ बर्ष माथीका बिद्यार्थीमा समेत कार्यान्वयन गर्न पाउने गरी स्कुललाई छूट दिइएको छ । अशक्त बिद्यार्थीले भने मोबाइल प्रयोग गर्न पाउनेछन् ।

स्कुलमा मोबाइल लिएर जाने विद्यार्थीले मोबाइल स्विच अफ गर्नुपर्नेछ र त्यो मोबाइल लकरमा राख्नुपर्नेछ । बिद्यार्थीहरू मोबाइल प्रती अति आशक्त हुन थालेपछी फ्रान्सले यस्तो नियम कार्यान्वयनमा ल्याएको हो ।

वर्तमान रास्ट्रपति एम्मानुएल म्याक्रोले आफ्नो रास्ट्रपतिको चुनावी अभियानमा समेत स्कुलमा मोबाइल प्रतिबन्धको विषयलाई एजेन्डा बनाएका थिए । फ्रान्सले आफ्नो नयाँ नियमलाई २१ औं शताब्दीको नियम भनेको छ । यो नियमबाट फ्रान्सका करिब १ करोड २० लाख बिद्यार्थी प्रभावित हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३