close

‘ड्रिम’ मोबाइल आईफोनको बिक्री घट्यो

टेकपाना टेकपाना

कात्तिक १४, २०७६ १४:२०

‘ड्रिम’ मोबाइल आईफोनको बिक्री घट्यो

पछिल्लो समय आईफोनको व्यापार घटेको छ । कम्पनीको पछिल्लो त्रैमासिक प्रतिवेदनले युवा पुस्तामाझ लोकप्रिय स्मार्टफोनको रुपमा रहेको आइफोनको बिक्री घटेको देखाएको हो ।

प्रतिवेदन अनुसार आईफोनको बिक्री यस त्रैमासिकमा ९ प्रतिशतले घटेको छ । नेपाली युवाको समेत ‘ड्रिम मोबाइल’ काे रुपमा रहेकाे आईफोनको बिक्री घटेको भएता पनि कम्पनीको आम्दानीमा भने कुनै असर परेको छैन ।

कम्पनीको कुल आम्दानी भने अघिल्लो त्रैमासीकको तुलनामा दुई प्रशितले बढेको देखिन्छ । पछिल्लो समय आईफोनका साथै अन्य उत्पादनलाई समेत प्राथामिकता दिइरहेको एप्पलले नयाँ उत्पादनमार्फत आफ्नो आम्दानी जोगाउन सफल भएको हो ।

केही समय अघिसम्म पनि एउटै प्रडक्ट ‘आईफोन’ मा मात्रै निर्भर रहेकाले एप्पलको आम्दानी घट्दै गएको टिप्पणी हुनेगरेको थियो । पछिल्लो प्रतिवेदनबाट भने एप्पल त्यस किसिमको टिप्पणीबाट समेत मुक्त भएकाे ५ ।

तर, पनि अझै एप्पलको कुल आम्दनीको आधा भन्दा बढी हिस्सा आइफोनले नै ओगटेको छ । प्रतिवेदन अनुसार एयरपोड्स, एप्पल पे, एप्पल वाच र आईप्याड जस्ता प्रोडक्टले एप्पलको आम्दानीलाई स्थिर राख्न मद्दत भने गरेको छ ।

एप्पलको पछिल्लो तीन महिनाको आर्थिक प्रतिवेदन अनुसार सर्भिस तर्फ एप्पलले छलाङ मारेको छ । जसमा एप्पल म्युजिक, एप्पल केयर, एप्पल टीभी प्लस रहेका छन् । पछिल्लो त्रैमासिकमा एप्पलको सर्भिसतर्फको बिक्री बढेको छ । गएको जुलाईदेखी सेक्टेम्बरसम्म भएको कारोबारमा एप्पलले आजसम्मकै सबैभन्दा ठुलो वृद्धि हात पारेको छ ।

यसको अर्थ एप्पलको सर्भिस प्रडक्टमा प्रयोगकर्ता आकर्षित हुन थालेका छन् । जसको वार्षिक व्यापार ५० बिलियन डलरको हाराहारीमा पुगेको छ । त्यसमध्ये एप्पलका लागि एप्पल पे सबैभन्दा महत्वपूर्ण सावित भएको छ । कम्पनीका अनुसार यो त्रैमासिकमा एप्पल पे मार्फत ३ बिलियन डलर कारोबार भएको छ । एप्पल पेको बजार पछिल्लो समय पे–पालको भन्दा चारगुणले बढी रहेको उल्लेख छ ।

साथै यो त्रैमासिकमा एप्पलको अर्को आम्दानीको स्रोत बनेको छ, आईप्याड । यो त्रैमासिकमा आईप्याडको व्यापार १७ प्रतिशतले वृद्धि भएको छ । एप्पलले केही समय अघिमात्रै आईप्याड प्रो सार्वजनिक गरेको थियो भने त्यसका लागि छुट्टै अपरेटिङ् सिस्टम ‘आई प्याड ओएस’ पनि सञ्चालनमा ल्याएको छ । जसले आईप्याडलाई तुलनात्मक रुपमा म्याक जस्तै बन्न मद्दत गरेको छ । जसमा एकै पटकमा विभिन्न कार्य गर्न सकिन्छ । यसले पनि आइप्याडको बिक्रिमा मद्दत गरेको छ ।

बाँकी रह्यो आइफोन, आइफोनको व्यापार भने ९ प्रशितले घटेको छ । अघिल्लो त्रैमासिकको तुलानामा यो त्रैमासिकमा आईफोनको बिक्रि ९ प्रतिशतले घटेको हो । एप्पलका कार्यकारी निर्देशक टीम कुकले आइफोनको व्यापार वृद्धिका लागि आफ्नो सम्पूर्ण क्षमता लगाउँदा पनि सफलता हात पार्न सकेनन् । हरेक वर्ष आईफोनको व्यापार घट्दै गएको छ । पछिल्लो एक वर्षमा आइफोनको बिक्रि १५ प्रतिशतले घटेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३