close

ट्विटरमा यी ५ ह्याण्डल मात्रै फलो गर्छन् प्रचण्ड

टेकपाना टेकपाना

कात्तिक १४, २०७६ १६:५

ट्विटरमा यी ५ ह्याण्डल मात्रै फलो गर्छन् प्रचण्ड

सामाजिक सञ्चालमा आफुले फलो गर्ने र आफुलाई कतिले फलो गरिरहेका छन् भन्ने विषय सबैको चासोको विषय हुनेगर्छ । यो सुविधा फेसबुक तथा ट्वीटर दुबै सामाजिक सञ्जालमा छ ।

यद्यपी फेसबुकमा यसको खासै त्यति महत्व छैन । फ्रेण्ड रिक्वेस्ट पठाउन मिल्ने भएकोले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट नै बढी महत्वपूर्ण मानिन्छ । जब, कुनै व्यक्तिको फ्रेण्ड रिक्वेस्टकाे सीमा सकिन्छ त्यस्तोमा फलो गर्ने प्रवृत्ति छ । हुन त फेसबुकले फ्रेन्ड रिक्वेस्ट पठाउँदा अटोमेटीक रुपमा फलो गर्ने सिस्टम पनि बनाएको छ । जसअनुसार कसैले आफ्नो एकाउण्टलाई फलो मात्रै गर्न मिल्ने पनि बनाउन सक्छन् । यस्तो एकाउण्ट विशेष गरि कलाकार तथा राजनीतिज्ञले बनाएका हुन्छन ।

तर, ट्वीटरमा भने फलो नै पहिलो तथा अन्तीम विकल्प हो । आफुलाई मन पर्ने विषय बस्तु सँग सम्बन्धित व्यक्ति र संस्थालाई फलो गरि उनिहरूले राखेको सुचना आफ्नो ट्वीटरमा देखिने बनाउन सकिन्छ । यसमा साधारण व्यक्तिदेखी ठुला राजनीतिज्ञ जोडिएका छन् । भनिन्छ, ट्विटरमा फेसबुकको तुलनमा बढी वौद्धिक मान्छे हुन्छन् । हुनपनि हो, ट्वीटरमा थोरै शब्दमा धेरै सन्देश दिनसक्ने खुबी पनि चाहिन्छ ।

यस्तोमा हामीले नेपालका केही राजनीतिज्ञको ट्वीटर ह्याण्डल अध्ययन गरेका थियौं । त्यसमा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मात्र पाँच जनालाई फलो गरेको पाईयो । नेपालका राजनीतिक पार्टीको अध्यक्षको रुपमा अरुलाई कम फलाे गर्ने मामिलामा उनी अग्रस्थानमा देखिए । त्यस्तोमा उनले ककसलाई फलो गर्छन होला त ?

प्रचण्डले फलो गर्ने सीमित ट्विट ह्याण्डलहरूमा लेखक खगेन्द्र संरौला, पुर्व अमेरिकी राष्ट्रपती बाराक ओबामा, ओबामाकी श्रिमती मिसेल ओबामा, उनकै दिव‌गत पुत्र प्रकाश दाहाल र माओवादी सेन्टर रहेका छन् । तर उनलाई फलो गर्नेको संख्या भने, दुई लाख ४४ हजार नौ सय रहेको छ ।

अर्कोतर्फ नेपालका प्राधानमन्त्री केपी ओलीले भने ७७ जनालाई फलो गरेका छन् । उनले फलो गर्नेमा धेरै जसो राजनीतिज्ञ तथा सञ्चारमाध्यमहरू रहेका छन् । तर, उनलाई हालसम्म चार लाख २४ हजार ८ सय ७१ जनाले फलो गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले १ सय २८ जनालाई फलो गरेका छन् भने उनलाई हालसम्म दुई लाख १८ सय ५० जनाले फलो गरेका देखिन्छ ।

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हालसम्म पाँच सय ४५ जनालाई फलो गरेका छन् । त्यसमा धेरै राजनितिज्ञ रहेका छन् । समाजवादी पार्टी नेपालको संघीय परिषद अध्यक्ष समेत रहेका उनलाई फलो गर्नेको संख्या भने ११ लाख ३३ हजार १५ रहेको छ । यो संख्या नेपाली ट्वीटर ह्याण्डलमा सबैभन्दा बढी फलो हुनेमध्येमा पर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३