close

नेपालमा दूरसञ्चारको प्रगति उत्कृष्टः अर्थमन्त्री खतिवडा

टेकपाना टेकपाना

कात्तिक १५, २०७६ ११:५५

नेपालमा दूरसञ्चारको प्रगति उत्कृष्टः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा दूरसञ्चार क्षेत्रको प्रगति उत्कृष्ट रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको विश्व बैंकको १३ सदस्यीय उच्चस्तरिय प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

दुरसंचार सेवाबाट शुरु भएको विश्व बैंकसँगको नेपालको सहकार्य ५० बर्ष पूरा भएको स्मरण गर्दै मन्त्री खतिवडाले विश्व बैंक नेपालको आर्थिक तथा सामाजिक विकासमा एक विश्वसनीय साझेदार संस्थाको रुपमा स्थापित भएकोमा धन्यवाद व्यक्त गरे । दिगो विकासका लक्ष्यहरू हासिल गर्न, पुनर्निर्माण, पर्यटन र पूर्वाधार विकास, वातावरण तथा पर्यावरणीय सुधार एवम् विपद् व्यवस्थापनलगायका क्षेत्रमा विश्व वैंकको थप सहयोग आवश्यक रहेको उनको भनाई थियो ।

विश्व बैंकमा संसारभरका सम्पूर्ण सदस्य राष्ट्रहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २५ वटा कार्यकारी निर्देशकमध्ये नेपाल समेतको प्रतिनिधित्व गर्ने नौ जना कार्यकारी निर्देशक, दुई जना वैकल्पिक कार्यकारी निर्देशक र बैंकका उच्च पदस्थ कर्मचारी सहितको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा अर्थमन्त्री खतिवडाले नेपालको समग्र आर्थिक, सामाजिक तथा जनसांख्यिक र वातावरणीय अवस्थाको जानकारी गराउँदै नेपालले हालैका वर्षहरुमा हासिल गरेको आर्थिक सामाजिक प्रगति बारेमा समेत जानकारी गराए ।

विश्व बैंकको उच्चस्तरको प्रतिनिधिमण्डलले नेपालमा पहिलो पटक भ्रमण गरेको हो । भ्रमणमा आएको प्रतिनिधिमण्डलसंगको भेटमा नेपालका लागि विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगमका कन्ट्री डाइरेक्टर, कन्ट्री म्यानेजर, अर्थ सचिव राजन खनाल तथा मन्त्रालयका सहसचिवल गायतको समेत उपस्थिति रहेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३