close

स्मार्टफोन प्रयोगकर्ताका लागि ह्वाट्सएपको नयाँ फिचर, यसरी प्रयोग गर्नुहोस्

टेकपाना टेकपाना

कात्तिक १६, २०७६ १५:१

स्मार्टफोन प्रयोगकर्ताका लागि ह्वाट्सएपको नयाँ फिचर, यसरी प्रयोग गर्नुहोस्

ह्वाट्सएपले आफ्नो एन्ड्रोइड र आईओएसमा रहेकाे एपमा नयाँ अपडेट गरेको छ । त्यसमध्ये ह्वाट्सएपका प्रयोगकर्ताका लागि केही फिचर औपचारिक रुपमै उपलब्ध भएका छन् भने केही चाहिँ बेटा भर्सनमा मात्रै छन् ।

ह्वाट्सएपका प्रयोगकर्ताले पछिल्लो भर्सन डाउनलोड गरी नयाँ फिचरको अनुभव लिन सक्नेछन् । जसअनुसार एन्डोइडमा रहेका ह्वाट्सएप प्रयोगकर्ताले फोनमा रहेकाे फिंगरप्रन्ट सेन्सरबाटै एप लक तथा अनलक गर्न सक्नेछन् । प्रयोगकर्ताहरूले यो फिचर इनेबल गरेपछि ह्वाट्सएपले फिंगरप्रिन्ट मार्फत अथेन्टिक गराउनेछ । फिंगरप्रन्ट इनेबल रहेको अवस्थामा समेत ह्वाट्सएपका प्रयोगकर्ताहरूले भ्वाइस तथा भिडियो कलको जवाफ दिन सक्नेछन् ।

एन्ड्रोइडमा रहेको ह्वाट्सएप फिंगरप्रिन्ट लक प्रयोग गर्न प्रयोगकर्ताले सेटिङ मेनु खाेल्नुपर्नेछ । त्यसपछि अकाउन्ट, प्राइभेसी हुँदै फिंगरप्रिन्ट लकमा जान सकिन्छ । अब टुगल बटनमा ट्याब गर्नु भयो भने फिंगरप्रन्ट लक इनेबल हुनेछ र त्यसपछि तपाईले आफ्नै फि‌ंगरप्रन्ट प्रयोग गरी आईडेन्टिटी भेरीफाइ गर्नुपर्ने हुन्छ । अटोमेटिक लक अप्सन छनौट गरी तत्कालका लागि ‘इमिडियट्ली’, एक मिनेटका लागि ‘आफ्टर वान मिनेट’ वा आधा घण्टाका लागि हो भने ‘आफ्टर ३० मिनेट’ मध्ये एक अप्सन छान्नुपर्ने हुन्छ ।

यसैगरी आइफोनमा रहेका ह्वाटसएप प्रयोगकर्ताका लागि अब पीप (पिक्चर इन पिक्छर) मोडमा नेटफ्लिक्स टेलरहरू उपलब्ध हुने छन् । ह्वाट्स एपले आफ्ना प्रयोगकर्ताहरूका लागि पीप मोडमार्फत एपमै भिडियो हेर्नसक्ने सुविधा ल्याएको छ । यद्यपी यो फेसबुक, युट्ब र इन्स्टाग्राममा मात्रै संभव हुनेछ । यो नयाँ फिचरले आइफोन प्रयोगकर्ताहरूलाई सोझै एपबाट सेयर गरेर नेटफ्लिक्स टेलरहरू हेर्न दिनेछ । नेटफ्लिक्स टेलर हेर्नका लागि प्रयोगकर्ताहरूले ह्वाट्सएपबाट लामोसमय बाहिर भने बस्नुपर्ने छैन । यद्यपी हालका लागि यो फिचर आइफोनमा रहेको ह्वाट्सएपका प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ ।

एन्ड्रोइड र आईओएसका लागि ह्वाट्सएपको पछिल्लो बेटा अपडेटले बहुप्रतिक्षित डार्क मोड देखाउनेछ । यद्यपी अझै पब्लिक बेटा प्रयोगकर्ताका लागि भने यो उपलब्ध भने हुनेछैन । ह्वाट्सएपको डार्कमोडले एक पछि अर्को अपडेटमार्फत आफ्नो आकार ग्रहण गर्दै गएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३