close

२५ कात्तिकमा दराज सेल ११.११, नेपाली ई-कमर्समा पहिलो पटक अनलाइन भुक्तानीको प्रयोग हुँदै

टेकपाना टेकपाना

कात्तिक १६, २०७६ १८:१७

२५ कात्तिकमा दराज सेल ११.११, नेपाली ई-कमर्समा पहिलो पटक अनलाइन भुक्तानीको प्रयोग हुँदै

दराजले नेपालमै पहिलो पटक ईकमर्समा अनलाईन भुक्तनीको प्रयोग गर्ने भएको छ । कम्पनीले आउँदो कात्तिक २५ गते हुने दराज सेल ११.११ सँगै अनलाइन भुक्तानी प्रयोगकाे थालनी गर्ने भएको हो ।

चिनियाँ ई-कमर्स कम्पनी अलिबाबाकाे अधिग्रहण गरेसँगै दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा पहिलो पटक ११.११ सेलको आयोजना गरेको थियो । दराजले साधारण दिनकाे तुलनामा ८० गुना बढी व्यापार गर्न सफल भएको त्यस दिन २ लाख भन्दा बढी उपभोक्ता, एक हजारभन्दा बढी बिक्रेता तथा ब्रान्डहरू एकै दिन दराज एपमा शक्रीय भएका थिए । वास्तवमै त्यो दिन नेपालका लागि सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रुपमा स्थापित समेत हुन पुगेको थियो ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगका अनुसार एक दिने अनलाइन मेलाको सन्दर्भमा गत वर्षको सफलता तथा परिणामहरूबाट सिक्दै यसपटक उपभोक्ताहरुलाई झनै राम्रो र रमाइलो अनुभूति दिन चाहेको बताए । ‘हामीले उपभोक्ताहरूलाई सबैभन्दा राम्रो सेवा प्रदान गर्न अझै बढी जनशक्ति तथा सामानहरू थपेका छौँ,’ उनले भने, ‘एपमै खेल्न सकिने गेम, मेगा भौचर, उपहार र आकर्षक छूट तथा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण हुने रमाइलो भिडियोले गर्दा यो मेला यस वर्षकै ठूलो चर्चाको विषय हुने विश्वास लिएका छौँ ।”

यस्तो छ, दराजको तयारी

यस पटक ११.११ अनलाइन मेलामा दराजसँग तीन हजारभन्दा बढी बिक्रेता, तीन लाखभन्दा बढी सामान तथा चार लाख भन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता रहने अनुमान गरिएको छ । उक्त दिन एक लाख अर्डरको अपेक्षा गरिएको भन्दै दराजले त्यसको तयारीका लागि थप चार सय डेक्सहरू तथा ५० जना थप कस्टमर केरअगेंटररू थप गरिएको जनाएको छ ।

यसका साथै कम्पनीले नेपालभरका दराज हबहरुमा कलेक्सन पोइन्ट सेवा समेत सुरु गरेको छ । जसले उपभोक्ताहरुको समय र पैसा बचाउने दाबी गरिएको छ । उपभोक्ताहरूले आफुले पहिले नै रकम भुक्तानी गरिसकेका समानहरू आफुलाई सजिलो पर्ने समयमा नजिकैको दराज हबमा गएर लिन सक्नेछन् र त्यसबाट वितरण शूल्क छूट पाउनेछन् ।

यसैगरी सामानको गुणस्तर जाँच गर्न दराजमा थुप्रै फिचरहरू पनि थप गरिएको छ । नयाँ फिचरको रुपमा इमेज रिभ्यू र बिक्रेतासँग प्रत्यक्ष च्याट गर्न मिल्ने सेवा दराज एपमा देख्न सकिने छ । । यी फिचरहरूले उपभोक्तालाई निश्चित सामान छान्न निक्कै सहयोग पुग्नेमा कम्पनीले विश्वास व्यक्त गरेको छ । साथै मशिन लर्निङ्ग तथा आर्टिफिसियल इन्टेलिजेन्समार्फत दराजले उपभोक्ताहरूलाई आफूले चाहेको जस्तो समान खोज्न सहयोग पुर्‍याउनेछ ।

सँगसँगै अरु देशमा अलीबाबा ११.११


विश्वकै सबैभन्दा ठूलो सेल दाबी गरिएको अलिबाबाको ११.११ सेल नोभेम्बर ११ कै दिन अन्य देशमा समेत हुनेछ । चीनमा मात्र सिमित उक्त सेल पछिल्लो समय संसारभर चर्चाको विषय बन्दै गएको छ । यो सेल अलिबाबासँग सम्बधित देशहरू तथा दराजले व्यापार गर्ने नेपाल लगायतका अन्य देशहरुमा पनि हरेक वर्ष नोभेम्बर ११ कै दिन हुने गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०