close

आजै अपडेट गर्नुभएन भने तपाईंको आईफोन फाइभले काम गर्न छाड्नेछ

टेकपाना टेकपाना

कात्तिक १६, २०७६ २१:२३

आजै अपडेट गर्नुभएन भने तपाईंको आईफोन फाइभले काम गर्न छाड्नेछ

के तपाई अझै पनि आईफोन पाइभमै झुण्डिरहनुभएको छ ?  त्यसो हो भने तपाईले आजै सफ्टवेयर अपडेट गर्नुपर्नेछ । अन्यथा तपाईको मोबाइलले काम नगर्न सक्छ । आईओएस अपडेट बिना आईफोन फाइभमा अनलाइन सेवाले काम गर्न छाड्ने र अपडेटका लागि डिभाइसलाई कम्प्युटरमा प्लगिङ गर्नुपर्ने चेतावनी आईफोन निर्माता कम्पनी एप्पलले दिएको छ ।

अमेरिकी समय (प्यासेफिक टाइम) अनुसार ३ नोभेम्बर आइतबार बेलुकी ५ बजेभीत्र  सफ्टवेयर अपडेट नगरे मोबाइलमा रहेका मूख्य फिचरहरूले काम नगर्ने चेतावनी एप्पलले आफ्नो वेबसाइटमार्फत दिएको छ । एप्पलले भनेको छ, ‘वास्तविक जीपीएस व्यवस्थापन गर्न तथा त्यसमा आधारित भएर सही समय, एपस्टोर, आईक्लाउड, इमेल र वेब ब्राउजिङ चलाउनका लागि  आईफोन फाइभमा आईओएस अपडेट जरुरी हुनेछ ।’

यस अतिरीक्त सन् २०१२ तथा त्यसभन्दा अगाडि बनेका आईफोन र आईप्याड मोडलहरू जस्तै आईफोन फोर तथा आईप्याड मिनी, आईप्याड टू र तेश्रो पुस्ताकाआईप्याड डिभाइसहरू समेत प्रभावित हुने भएकाले आइतबार अगावै अपडेट आवश्यक हुनेछ । 

एप्पलले यसरी अनिवार्य रुपमा सफ्टवेयर अपडेट गर्नुपर्ने बाध्यता आउनुमा गत अप्रिलमा भएको जीपीएस टाइम रोलओभरलाई दोष लगाएको छ ।  जसका कारण अन्य कम्पनीबाट बनेका जीपीएसमा आधारित उत्पादन प्रभावित हुन पुगेको एप्पलको स्पष्टोक्ती छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०