close

गुगल म्याप अब गोप्य रुपमा प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक १७, २०७६ १५:५८

गुगल म्याप अब गोप्य रुपमा प्रयोग गर्न सकिने

पछिल्लो सयम गुगल म्यापमा धेरै परिवर्तन भएको छ । त्यो पनि छोटो समयको अवधिमा । त्यसमध्य पनि, अहिले आएको नयाँ फिचर आज सम्मकै सबै भन्दा महत्वपूर्ण हो ।

गुगलले गुगल म्याममा ‘इन्कग्निटो’ मोडको सुरुवात गरेको छ । यो सँगै अब इन्कग्निटो मोड अन गरेर गुगल म्याप प्रयोग गर्न सकिने भएको छ । यस अघि यो सुविधा गुगल क्रोममा मात्रै उपलब्ध थियो । जसलाई प्रयोगकर्ताले अत्याधिक रुचाएका थिए ।

इन्कग्निटो मोडले ब्राउजरमा ब्राउजीङ डेटा भण्डारण नगरीकन वेब ब्राउज गर्न मद्दत गर्दछ । जसले प्रयोगकर्ता ब्राउजरमा के सर्च गरिरहेको छ, के हेरिरहेको छ भन्ने कुरा पत्ता लगाउन सहज हुने छैन । यसको अर्थ पुर्ण गोप्यता भने पक्कै होइन । तर, केही हदसम्मको लागि सुरक्षित भने हुनेछ ।

गुगलका अनुसार गुगल म्यापमा इन्कग्निटो मोड अन गरेर प्रयोग गर्दा प्रयोगकर्ताको ब्राउजीङ हीस्ट्री र सर्च हीस्ट्री तुरुन्तै हट्ने छ । जसले गर्दा अनावश्यक रुपमा आउने नोटिफिकेशन बन्द हुनेछ । अर्को प्रयोगकर्ताले लोकेसन सेयर हुनेछैन । भने, लोकेसन सेयर गर्न समेत मिल्ने छैन । साथै इन्कग्निटो मोडमा गुगल म्याप प्रयोग गर्दा यसले प्रयोगकर्ताको डेटा संकलन गरेर म्यापलाई निजिकृत गर्ने छैन ।

गुगलका अनुसार यो सुविधा पहिलो चरणमा एन्ड्रोएड भर्जनमा मात्र उपलब्ध हुनेछ । भने, विस्तारै आईओएसमा पनि उपलब्ध हुने उल्लेख छ । यसअघि पनि गुगलले गुगल म्यापमा नयाँ सुविधा थप गरेको थियो । जसमा ड्राइभरले तत्कालै बाटोमा देखिएको खतराको जानकारी अर्को ड्राइभरलाई दिन सक्ने बनाएको छ ।

प्रहरी चेक आउन लग्यो, गति कति गर्नुपर्ने, अथवा कुन गतिमा ड्राइभ गर्दा उपयुक्त हुन्छ भन्ने बारेमा जानकारी दिनसक्ने बनाएको थियो । यो सुविधा थप गरेको केही हप्ताको अन्तरालमै गुगलले नयाँ फिचर थप गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०