close

पब्जीमा नयाँ अपडेट आउँदै, यस्ता हुनेछन् फिचर

टेकपाना टेकपाना

कात्तिक १९, २०७६ ९:५

पब्जीमा नयाँ अपडेट आउँदै, यस्ता हुनेछन् फिचर

लोकप्रिय भर्चुअल गेम पब्जीमा नयाँ अपडेट आउने भएको छ । पब्जी मोबाइल भर्सनमा ०.१५.५ अपडेट चाँडै आउन लागेको छ तर कम्पनीले औपचारिक रुपमा सार्वजनिक गर्नु अघि नै यसका केही फिचर लिक भएका छन् ।

नयाँ अपडेटमा सिजन टेन पनि उपलब्ध हुने लिक भएका खबरहरुमा जनाइएको छ । अहिलेसम्म सार्वजनिक बेटा भर्सनमा अबको अपडेटमा टिम डेथम्याचका लागि नयाँ म्याप हुने छ । 

यसका साथै नयाँ अपडेटमा एमपीफाइभके नामक नयाँ सवमेशिन गन पनि उपलब्ध हुनेछ । नयाँ अपडेटमा जिमा नामक नयाँ गाडी पनि उपलब्ध हुनेछ । जिमा क्यारियर सहितको ह्याचब्याक कार हुनेछ । यसका साथै, सारा नाम दिइएको नयाँ भ्वाइस मोड पनि यसमा उपलब्ध हुनेछ । 

नयाँ अपडेटसँगै पब्जीमा सिजन टेन उपलब्ध हुनेछ, जसको नाम फ्यूरी अफ दी वेस्टल्याण्ड दिइएको छ । यो सन् २०१५ मा रिलिज भएको अमेरिकी फिल्म म्याड म्याक्स प्mयूरीमा आधारित थिम हुने जनाइएको छ । यसका साथै रिवार्डतर्फ नयाँ प्यारासुट स्किन पनि उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०