close

फेरियो फेसबुकको ब्राण्ड लोगो

टेकपाना टेकपाना

कात्तिक १९, २०७६ १३:११

फेरियो फेसबुकको ब्राण्ड लोगो

फेसबुकले आफ्नो ब्राण्ड लोगो परिवर्तन गरेको छ । फेसबुकले यसअघि फेसबुक एपको लोगो प्रयोग गर्दै आएकोमा अब नयाँ लोगो प्रयोग गर्ने भएको हो ।

अब फेसबुक स्वामित्वको इन्टाग्राम, ह्वाट्सएप, ओकुलस सहित सबै प्रडक्टमा नयाँ ब्राण्ड लोगो प्रयोग हुनेछ । फेसबुकका अनुसार हालसम्म कम्पनीले आफ्ना सबै उत्पादनको लोगोसहित फेसबुक एपको लोगोलाई नै ब्राण्ड लोगोको रुपमा प्रयोग गर्दै आएको थियो ।

अब भने हरेक उत्पादनमा सोही उत्पादनको लोगोसहित नयाँ ब्राण्ड लोगो पनि प्रयोग हुनेछ । आगामी सातादेखि फेसबुकका सबै उत्पादनमा नयाँ ब्राण्ड लोगो देख्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०