close

एडोबले स्मार्टफोनका लागि क्यामेरा एप ल्याउँदै, यस्ता हुनेछन् फिचर

टेकपाना टेकपाना

कात्तिक १९, २०७६ १६:५०

एडोबले स्मार्टफोनका लागि क्यामेरा एप ल्याउँदै, यस्ता हुनेछन् फिचर

फोटो इडिटिङको लागि परिरिच सफ्टवेयर हो एडोब फोटोसप । फोटोसप सफ्टवेयर निर्माता कम्पनी एडोबले स्मार्टफोनको लागि क्यामेरा एप सार्वजनिक गर्ने घोषणा गरेको छ । एडोबले सोमबार ब्लगमार्फत यस्तो घोषणा गरेको हो ।

कम्पनीका अनुसार यो एप आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको हुनेछ । जसका कारण एपले फोटो खिच्दाखेरी वस्तु चिन्नुको साथै तस्विरको प्रकाश र रंग संयोजन गरी उत्कृष्ट बनाउनेछ । 

एडोबले अहिले थोरै संख्यामा आईओएस र एन्ड्रोइड स्मार्टफोनमा यसको प्रयोग भइरहेको जानकारी दिएको छ । एआईको प्रयोग गरिएको हुनाले अन्य क्यामेराको तुलनामा यसले बढी सुन्दर तस्विर खिच्ने कम्पनीको दाबी छ ।

एडोबका अनुसार धेरै कलाकारहरूले बनाएका विभिन्न खालका फिल्टर पनि क्यामेरामा प्रयोग गरिनेछ । ती फिचरहरू प्रयोगकर्ताले फोटोमा प्रयोग गर्न सक्नेछन् । एडोबले सार्वजनिक गरेका केही स्क्रिनसटमा देखाइए अनुसार यसमा बढी कलात्मक पेन्टिङजस्ता फिल्टरहरु प्रयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०