close

ई–सेवा उत्सव उपहार विजेता सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक १९, २०७६ १८:७

ई–सेवा उत्सव उपहार विजेता सार्वजनिक

पेमेन्ट गेटवे ई–सेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ मकवानपुरका लेखनाथ पौडेलले हात पारेका छन् । पौडेलले योजना अन्तरगतको बम्पर उपहार यामाहाको एफजेड एसएफआई भीथ्री मोटरसाइकल जित्न सफल भएका हुन् ।

यसैगरी अर्को बम्पर उपहारमा काठमाडौं रामकोटका किरण घलेले एक साताको लागि एक जोडिलाई दुबई ट्रिप जितेका छन् । सोमबार बम्पर उपहार विजेता सार्बजनिक गरेको ई–सेवाको उपहार योजनामा तीन सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् ।

६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जनाले विभिन्न उपहार जित्दै आएका थिए । यस उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भएका थिए । 

यसैगरी उपहार योजनाभर  युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको तर्फबाट १८ जनाले सपिङ भौचर जित्न सफल भए । त्यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग ६ जनाले तथा ओयो रूम ६ जनाले जित्न सफल भएको ई–सेवाले जनाएको छ । यस्तै क्यास्परकी, ई–स्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टिभाइरस १२-१२ जनाले जित्न सफल भए ।

 यसैगरी सिजिको टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भएका थिए । असोज १ गतेदेखि कार्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्तिलाई यस उपहार योजनामा सहभागी गराईएको थियो ।

ई–सेवामा हाल ५६ वटा बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन् । यी बैंक तथा वित्तीय संस्थाबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । 

हाल २५ लाख भन्दा बढी ग्राहक रहेको ई–सेवाले देशभर रहेका ६० हजार भन्दा बढी एजेन्ट मार्फत ७५ लाख प्रयोगकर्ताले सेवा लिइरहेको कम्पनीले जनाएको छ । हाल इसेवामा ७० हजार भन्दा बढि मर्चेन्ट आवद्ध छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०