close

प्रदेश ५ को आईटी प्रतिष्ठान प्रमुखमा बाँस्कोटा

टेकपाना टेकपाना

कात्तिक १९, २०७६ २१:३६

प्रदेश ५ को आईटी प्रतिष्ठान प्रमुखमा बाँस्कोटा

प्रदेश ५ को सूचना प्रविधी प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप बाँस्कोटा  नियुक्त भएका छन् । बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बाँस्कोटालाई आगामी ५ बर्षे कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो ।

बिगतमा  सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधी केन्द्रमा कार्यकारी निर्देशकको रुपमा उनेले ४ बर्षे कार्यकाल पुरा गरिसकेका छन् ।  बाँस्कोटाले आफ्नो कार्यकालमा राष्ट्रको दुरगामी महत्व राख्ने राष्ट्रिय परिचयपत्र, सवारी अनुमती पत्र, राष्ट्रिय डाटासेन्टर, विपत व्यबस्थापन केन्द्र, सरकारी नेटवर्क तथा बिद्युतीय मानकजस्ता पारियोजनाहरूको कार्वान्वयन गरेका थिए ।

त्यस्तै, एसियाली बिकास बैंकको सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत सञ्चालन भएको सूचना प्रविधि विकास परियोजनाको कार्यक्रम निर्देशक भई उनले ई–गभर्नेन्स गुरुयोजनाको कार्यन्वयन गरेका थिए । झन्डै दुई दशक काठमाडौं विश्वविद्यालयको प्राध्यापकको रुपमा रही कम्प्युटर ईन्जिनियरिङ शिक्षाको क्षेत्रमा योगदान दिएका बाँस्कोटाले बिभिन्न मन्त्रालय तथा अन्तररास्ट्रिय  विकास साझेदारहरूको बिज्ञको रुपमा समेत काम गरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०