close

दराज ११.११ मेलामा ३ लाखभन्दा धेरै सामानमा छूट

टेकपाना टेकपाना

कात्तिक १९, २०७६ २२:१५

दराज ११.११ मेलामा ३ लाखभन्दा धेरै सामानमा छूट


नेपालकै ठूलो अनलाईन शपिङ साइट दराजले आउँदो नोभेम्बर ११ अर्थात २५ कात्तिक मध्यरातीदेखि सेल डे ११.११ सुरु हुने घोषणा गरेको छ । अलिबाबा तथा दराजले भारि छुट दिने योजनाका साथ अन्तर्राष्ट्रिय रुपमा ११.११ को आयोजना गर्दै आएको छ ।

अलिबाबाले अधिग्रहण गरेपछि दराजले २०७५ कार्तिक २५ गतेदेखि नेपालमा ११.११ मलाको आयोजना गर्न थालेको हो । दराजको उक्त मेलाले नेपालकाे अनलाइन खरीद तथा ई-कमर्समा नयाँ तरंग ल्याएको थियो । 

यसपटकको ११.११ सेल अझै ठूलो हुने दराजले जनाएको छ । कम्पनीका अनुसार यसपाली ३ लाख भन्दा धेरै सामानहरुमा आकर्षक छूट दिइने र साढे तीन देखि चार लाख प्रयोगकर्ताले सहभागीता जनाउने दराजकाे विश्वास छ । 

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले यस वर्षको सेल अझै राम्रो र भव्य बनाइने बताए । प्रायः जसो नेपालीहरू किनमेलका लागि सुपरमार्केट जाने भए पनि पछिल्लो समय अनलाइन सपिङ समेत फस्टाउँदै गएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०