close

भारतीय टेलिकममा चर्को प्रतिस्पर्धा, ६ सय भारूको प्याकेज किन्दा ४ लाखको बीमा

टेकपाना टेकपाना

कात्तिक २०, २०७६ ११:०

भारतीय टेलिकममा चर्को प्रतिस्पर्धा, ६ सय भारूको प्याकेज किन्दा ४ लाखको बीमा

भारतीय टेलिकम बजारमा चर्को प्रतिस्पर्धाको प्रभावस्वरुप उपभोक्ताले सस्तो मूल्यमा बढी सुविधा पाउन थालेका छन् । भारतीय टेलिकम कम्पनी एयरटेलले भर्खरै मासिक ६ सय भारुको प्याकेज लिने ग्राहकलाई ४ लाख भारुको बीमा सुविधा दिने अफर ल्याएको छ ।

उपभोक्ताले बीमाको लागि कुनै पनि कागजपत्र बुझाउनु नपर्ने र कुनै स्वास्थ्य परीक्षण समेत गर्नु नपर्ने कम्पनीले जनाएको छ । प्रयोगकर्तालाई बीमाको कागजपत्र पनि डिजिटल प्रणालीमार्फत उपलब्ध गराइनेछ । १८ देखि ५४ वर्ष उमेर समूहका ग्राहकले यो सुविधा लिन सक्नेछन् ।

उपभोक्ताले सीम लिंदा बुझाएको कागजपत्र नै बीमाको लागि प्रयोग हुने कम्पनीले जनाएको छ । उपभोक्ताले जतिन्जेल प्याकेज खरिद गर्छन् सोही अवधिको लागि मात्रै बीमा सुविधा लागू हुने बताइएको छ ।

टेलिकम सेवा प्रदायक एयरटेलले भारती एएक्सए लाइभ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा यस्तो अफर ल्याएको हो । बीमा सुविधा बाहेक मासिक ६ सय भारुको प्याकेज लिने ग्राहकले दैनिक २ जिबी डाटा, सबै नेटवर्कमा अनलिमिटेड कल र दैनिक एक सय एसएमएस निःशुल्क प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०