close

ड्रपबक्सको नयाँ फिचर, फाइल ट्रान्सफर गर्न सजिलो हुने

टेकपाना टेकपाना

कात्तिक २०, २०७६ १०:०

ड्रपबक्सको नयाँ फिचर, फाइल ट्रान्सफर गर्न सजिलो हुने

ड्रपबक्सका प्रयोगकर्ताले अब सहजै फाइल ट्रान्सफर गर्न सक्ने भएका छन् । ड्रपबक्सले सोमबारदेखि नयाँ फिचर सुरु गरेको हो ।

कम्पनीका अनुसार ट्रान्सफर नामक यो फिचरमा प्रयोगकर्ताले सिधैं फाइल अपलोड गरी ट्रान्सफर गर्न सक्नेछन् ।अपलोड भएको फाइलको लिंक सोझैं वा इमेलमार्फत पठाउन मिल्नेछ । प्रयोगकर्ताले ड्रपबक्स एकाउन्टमा गई ट्रान्सफर मेनुमा गएर वा सोझैं ड्रप बक्स ट्रान्सफरमा गएर यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

ड्रपबक्सको यो फिचर वी ट्रान्सफरको फिचरसँग मिल्दोजुल्दो छ । ड्रपबक्सबाट अन्य अवस्थामा सेयर गर्दा आफ्नो एकाउन्टमा फाइल बस्छ तर ट्रान्सफर फिचरबाट सेयर गर्दा आफ्नो एकाउन्टमा बसिरहंदैन । यसरी ट्रान्सफर गरिएको फाइल ७ दिनभित्र डाउनलोड गरिसक्नुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०