close

शक्तिशाली ब्याट्री भएको सामसङ एस टेन लाइट सार्वजनिक हुँदै, यस्तो हुनेछ फिचर

टेकपाना टेकपाना

कात्तिक २०, २०७६ ९:०

शक्तिशाली ब्याट्री भएको सामसङ एस टेन लाइट सार्वजनिक हुँदै, यस्तो हुनेछ फिचर

यो वर्ष सामसङले एस टेन भ्यारियन्टमा चार ओटा स्मार्टफोन सार्वजनकि गर्‍यो । कम्पनीले सार्वजनिक गरेको ग्यालेक्सी एस टेन, एस टेन प्लस, एस टेन ई र एस टेन फाइभजी फोन बजारमा छन् ।

यही भ्यारियन्टमा कम्पनीले ग्यालेक्सी एस टेन लाइट फोन सार्वजनिक गर्ने तयारी गरेको जानकारी सार्वजनिक भएको छ । कम्पनी स्रोतलाई उद्धृत गर्दै सार्वजनकि भएको खबरमा एस टेन लाइट यही सिरिजका अन्य फोनको तुलनामा सस्तो हुनेछ भने यसको व्याट्री शक्तिशाली हुनेछ ।

यो फोन कुन मितिमा सार्वजनिक हुन्छ भन्ने हालसम्म नखुलाईएको भए पनि यसमा हुने केही फिचरहरू भने लिक भएका छन् ।

हालसम्म प्राप्त जानकारी अनुसार यसमा ४७३० एमएएचको ब्याट्री प्रयोग हुनेछ । जुन एस टेन सिरिजका अन्य स्मार्टफोनको तुलनामा शक्तिशाली हो । 

ग्यालेक्सी एसटेनमा ३४००, एस टेन प्लसमा ४१००, एसटेन फाइभजीमा ४५०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ । एसटेन लाइट भने ब्याट्री केन्द्रित फोन बन्ने अपेक्षा गरिएको छ ।

शक्तिशाली व्याट्री बाहेक ग्यालेक्सी एस टेन लाइटमा क्वालकमको स्न्यापड्र्यागन ८५५ प्रोसेसर र ८ जिबी र्‍याम प्रयोग हुने खबर बाहिरिएको छ । 

यसमा तीनवटा रेअर क्यामेरा हुनेछन् । पछाडिपट्टी ४८,  १२ र ५ मेगापिक्सेलका तीन क्यामेरा सेन्सर रहनेछन् । साथै, स्मार्टफोनमा ६.७ ईञ्चको एचडी प्लस सुपर एमोलेड डिस्प्ले प्रयोग हुने सार्वजनिक भएका खबरहरुमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०