close

तपाईंको मोबाइल दर्ता छ ? छैन भने अनलाइनबाटै यसरी गर्नुस्, नत्र बन्द होला

रन्जन कोइराला रन्जन कोइराला

कात्तिक २०, २०७६ १४:४४

तपाईंको मोबाइल दर्ता छ ? छैन भने अनलाइनबाटै यसरी गर्नुस्, नत्र बन्द होला

अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन नेपाल दुरसञ्चार प्राधिकरणले विगत साढे तीन वर्षदेखी इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता गराउन थालेको छ । उक्त अवधिमा एक करोड ६६ लाख मोबाइलको आईएमईआई नम्बर दर्ता भएको छ ।

पहिलो चरणमा मोबाइलको आईएमईआई दर्तालाई प्राथामिकता दिएको प्राधिकरणले दर्ता नभएको मोबाइल बन्द गर्ने कार्य अबको केही महिनामै सुरु गर्दै छ । त्यसका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम-एमडीएमएस जडान परियोजनाकाे काम भइरहेकाे छ । उक्त परियोजनाको जिम्मा न्युमेरा (एम) एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि इन्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर कम्पनीले पाएका छन् ।

कम्पनीले एमडीएमएसको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण र सञ्चालन प्रणाली जडान गर्नेछ। जुन अबको चार महिनामा सम्पन्न भई कार्यान्वयनमा ल्याउन प्राधिकरण र कम्पनील बिच दुई महिना अघि सम्झौता भएको थियो । हाल उक्त कम्पनी सिस्टम विकास तथा निमार्ण जुटेको प्राधिकरणले जनाएको छ ।

उक्त प्रणालीमा नेपालभर सञ्चालनमा रहेका मोबाइल फोनको आईएमईआई दर्ता, सम्पूर्ण मोबाइल अपरेटरको सिम कार्ड दर्ता, आईएमईआई राखिएका अन्य डिभाइस दर्तालगायत कार्य गर्नेछ । यो सँगै नेपालमा अवैध रूपमा भित्रिएका मोबाइल बन्द हुनेछन् । त्यसैले नै मोबाइलको आईएमईआई दर्ता अनिवार्य गरिएको हो । हामी यहाँ तपाईहरूका लागि मोबाइलको आईएमईआई नम्बर हेर्ने देखी दर्ता गर्ने सम्मको प्रक्रियाकाे बारेमा बताउँदै छौं ।

यसरी पत्ता लगाउनुस् आफ्नो मोबाइलको आईएमईआई नम्बर

आफ्नो मोबाइल दर्ता गर्नु अघि सुरुमा आईएमईआई नम्बर कती हो भन्ने कुराको जानकारी हुन आवश्यक छ । आधिकारिक रुपमा भित्रिएका मोबाइलको आईएमईआई नम्बर आयताकर्ता कम्पनीले सुरुमै दर्ता गरेर भित्र्याएका हुन्छन् ।

विदेशबाट उपहारको रुपमा आउने तथा व्यक्तिगत रुपमा किनेर ल्याइएका र अवैध रुपमा भित्रिएका मोबाइलकाे आईएमईआई नम्बर भने दर्ता भएको हुन्न । नेपालमै किनेका कतिपय मोबाइलको पनि आईएमईआई नम्बर दर्ता नभएको हुनसक्छ । अझ पुराना फोनको त आईएमईआई नम्बर दर्ता भएकै छैन । किनभने, प्राधिकरणले आईएमईआई दर्ता गर्न थालेको जम्मा साढे तीन वर्ष भएको छ । त्यसैले आफ्नो मोबाइलको आईएमईआई नम्बर पत्ता लगाएर दर्ता गर्नु नै वुद्धिमानी हुनेछ ।

त्यसका लागि मोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलमा ‘*#06#’ डायल गरी आफ्नो मोबाइलको आईएमईआई नम्बर हेर्न सक्नेछन् । यदि मोबाइलले एउटा मात्र सिम सर्पोट गर्ने हो भने एउटा मात्र आईएमईआई नम्बर देखाउँछ । यदि दुई वटा सिम लाग्छ भने दुईवटा आईएमईआई नम्बर हुन्छन् । यदी दुईवटा छ भने प्राधिकरणमा दुबै आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

आईएमईआई नम्बर दर्ता भए-नभएको कसरी थाहा पाउने ?

दर्ता गराउनु पर्ने वा नपर्ने भन्ने थाहा पाउनका लागि तपाईको मोबाइलकाे आईएमईआई नम्बर प्राधिकरणको सिस्टमा दर्ता भए नभएको पत्ता लगाउन जरुरी छ । त्यसका लागि सुरुवमा यो लिंकमा क्लिक गर्नुस् । यसमा ‘नो योर डिभाइस’ भन्ने अप्सन दिइएको छ । उक्त अप्सनमा गएर गएर तपाईले आफ्नो मोवाइलको आईएमईआई नम्बर हाली दर्ता भए नभएको थाहा पाउन सक्नुहन्छ ।

आईएमईआई नम्बर दर्ता गर्ने पक्रिया

यदी तपाईको मोबाइलको आईएमईआई दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नका लागि यो लिंकमा गएर सुरुमा साइनअप गुर्नस् । साइनअप गर्ने बित्तिकै त्यहाँ ‘न्यु इम्पोटर’ र ‘इन्डीभिज्युयल एप्लीकेशन’ अप्सन देख्नुहुने छ ।

इन्डीभिज्युयल एप्लीकेशनमा क्लिक गरि भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईलाई एउटा फर्म प्राप्त हुने छ । उक्त फर्ममा आवश्यक जानकारी भर्नुस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि बुझाउनुस् । यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता गर्ने प्राधिकरणका सहायक निर्देशक निराजन कोइराला बताउँछन् ।

उनका अनुसार व्यवसायीक आयातकर्ताको हकमा भने, सुरुमा टाइपअप्रुभल आवश्यक पर्छ । टाइपअप्रुभल लिएपश्चात उनिहरुले ल्याउन लागेको डिभाइसको आईएमईआई नम्बर प्राधिकरणलाई उपलब्ध गराउनु पर्छ । आयातकर्ता कम्पनीले आफुले ल्याउन लागेका मोबाइल डिभाइसको आईएमईआई सामान आयात गर्नु पुर्व नै पाउँछन् ।

आयातकर्ताको हकमा प्राधिकरणले युजर आईडी र पासवर्ड उपलब्ध गराएको हुन्छ । सोही युजर आईडी र पासवर्ड लिएर आयातकर्ताले यो लिंकमा गएर लगइन गर्न सक्छन् । त्यहाँ टाइपअप्रुभल लिने देखी आईएमईआई नम्बर अपलोड गर्न सकिने सम्मको सुविधा दिइएको छ ।

सहायक निर्देशक कोइरालाका अनुसार आईएमईआई नम्बर अपलोड भएसँगै प्राधिकरणमा निवेदन दिन सकिन्छ । उक्त निवेदनको आधारमा आईएमईआई नम्बर मान्य छ वा छैन, सिस्टममार्फत जाँच हुन्छ । सबै कुरा मिले पश्चात मात्रै प्राधिकरणको स्टिममा आईएमईआई नम्बर दर्ता हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०