close

रिट्वीट गर्न नदिने फिचर ल्याउँदै ट्वीटर

टेकपाना टेकपाना

कात्तिक २०, २०७६ १९:४

रिट्वीट गर्न नदिने फिचर ल्याउँदै ट्वीटर

ट्वीटरले आगामी वर्ष ल्याउँने तयारी गरेको छ । ट्वीटरका डिजान र रिसर्च डिभिजनका उपप्रमुख डेन्ट्ले डेभिसले ट्वीट गर्दै ट्वीटरले ल्याउने नयाँ फिचरबारे संकेत गरेका हुन् ।

उनको संकेतलाई आधार मान्ने हो भने ट्वीटरले आगामी वर्ष प्रयोगकर्ताले गरेको ट्वीट अरुले रिट्वीट गर्न नमिल्ने बनाउन पनि मिल्ने फिचर ल्याउँदैछ ।

साथै, प्रयोगकर्ताले अरु कसैले ट्वीटमा आफूलाई मेन्सन नगर्ने गरी प्राइभेसी सेटिङ मिलाउने सुविधा पनि पाउँनेछन् । योबाहेक ट्वीटरमा कुने कुनै कन्भरसेसनमा आफूलाई मेन्सन गर्न नदिने सुविधा पनि प्रयोगकर्ताले पाउँनेछन् ।

Features that I’m looking forward to in 2020.

– Remove me from this conversation
– Don’t allow RT of this tweet
– Don’t allow people to @mention me without my permission
– Remove this @mention from this conversation
– Tweet this only to: hashtag, interest, or these friends— Dantley (@dantley) November 5, 2019

डेडिसले सन् २०२० मा आफूले ट्वीटरमा चाहेको फिचर भन्दै आगामी वर्ष आउन सक्ने फिचरलाई संकेत गर्दै ट्वीट गरेका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०