ट्रेन्डिङ:
नेपालमै पहिलोपटक एनसेलको वायरलेस इन्टरनेट, प्रयोगकर्तालाई नि:शूल्क राउटर इन्टरनेट सेवा प्रदायक एरोनेटले सुरु गर्‍यो मोबाइल एप थाहा पाइराख्नुहोस् मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ आईओएस १६ मा ब्याट्री पर्सेन्टेज देखिएन ? यसो गर्नुहोस् कोर बैंकिङ सफ्टवेयर स्तरोन्नति गर्दै राष्ट्रिय सहकारी बैंक त्रिवि बीआईटीका शिक्षकलाई अनलाइनबाटै अभिमूखिकरण तालिम अनलाइनमा यसरी आफैं बनाउनुहोस् आकर्षक शुभकामना कार्ड थप ४ स्थानमा विस्तार भयो डिशहोमको इन्टरनेट, कुन कुन ठाउँमा छ सेवा ? गुगल प्ले स्टोरमा एक अर्ब नाघ्यो गुगल डक्सको डाउनलोड पब्जी बाहेक तपाईँलाई उपयुक्त हुन सक्छन् यी ५ अनलाइन गेम
close

नेपालमै पहिलोपटक एनसेलको वायरलेस इन्टरनेट, प्रयोगकर्तालाई नि:शूल्क राउटर

टेकपाना टेकपाना

कात्तिक २१, २०७६

नेपालमै पहिलोपटक एनसेलको वायरलेस इन्टरनेट, प्रयोगकर्तालाई नि:शूल्क राउटर

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक नयाँ प्रविधिमा इन्टरनेट सेवा दिन सुरु गरेको छ । कम्पनीले पहिलोपटक रेडियो रिसिभर ट्रान्समिटर तथा राउटरको प्रयोग गरी कैलालीको टिकापुरमा वायरलेस ब्रोडब्यान्ड सेवा उपलब्ध गराउन थालेको हो ।

एनसेलले सुरुमा दुई ओटा प्याकमा यस्तो सेवा उपलब्ध गराएको छ । जसमध्ये ५९९ रुपैयाँमा अनलिमिटेड ५० जीबी र ३४९ रुपैयाँमा अनलिमिटेड २५ जीबी प्याक छ । ३० दिनसम्म प्रयोग गर्न सकिने यी प्याकको डेटा भोल्युम सकिएपछि इन्टरनेटको गति एक एमबीपीएसको हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यो सेवाका प्रयोगकर्ताका लागि निःशूल्क वायरलेस राउटर पनि दिनेछ । तत्कालका लागि भने यो सेवा टिकापुरमा मात्र उपलब्ध हुनेछ ।