close

निजामती सेवाबाट विदा भए सञ्चार सचिव गुरुङ

टेकपाना टेकपाना

कात्तिक २१, २०७६ १४:११

निजामती सेवाबाट विदा भए सञ्चार सचिव गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अवकास पाएका छन् । बुधवारदेखि उमेर हदका कारण उनले निजामती कर्मचारी जीवनबाट विदा लिएका हुन् ।

सचिव गुरुङको अवकाससँगै मन्त्रालयमा निमित्तको कार्यभार सहसचिव विरेन्द्रकुमार मिश्रलाई दिईएको मन्त्रालयले जनाएको छ ।

दुई कार्यकाल सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सचीवका रुपमा रहेका गुरुङले वि. सं. २०४४ साल साउन १ गते लेखा अधिकृतबाट निजामती कर्मचारीको रुपमा सेवा सुरु गरेका थिए । उनले ३२ वर्ष निजामती कर्मचारीको रुपमा बिताए । यो अवधिमा गुरुङ विभिन्न सरकारी कार्यलयमा कार्यरत रहे‌‌‌‌‌‌ ।

निजामती सेवाबाट अवकास लिँदैगर्दा गुरुङ सञ्चार तथा सूचना प्रविधिको मन्त्रालयमा सचिवको रुपमा कार्यरत थिए । राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षको समेत जिम्मेवारीमा रहेका उनी नेपाल टेलिकम सञ्चालक समितीको पदेन अध्यक्षको रुपमा समेत कार्यरत थिए ।

करिब तीन वर्ष मन्त्रालयको सचिवको रुपमा दोस्रो कार्यकाल विताएका गुरुङ विषेशगरि यो क्षेत्रलाई विस्तार र विकास गर्न आवश्यक विभिन्न कानुन निमार्णमा भएको दाबी गर्छन् ।

‘सञ्चार मन्त्रालयमा मेरो दोस्रो कार्यका चुनौतीपूर्ण रह्यो,’ गुरुङ भन्छन्, ‘त्यसमध्ये नेपालको आफ्नै स्याटालाइटको लागि काम अघि बढाउनु एउटा महत्वपूर्ण कार्य हो । यो परियोजना नेपालको सुचना प्रविधिको क्षेत्रमा नयाँ फड्को मार्ने गरी ल्याइएको छ । काम अघि बढेको छ, यसले निरन्तरता पाउँछ भन्ने मैले विश्वास लिएको छु ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०