एप्पलको आईवाच जस्तै साओमीको स्मार्टवाच, जसले फोरजी सपोर्ट गर्छ

चिनियाँ कम्पनी साओमीले नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । जुन हेर्दा एप्पलको वाइवाच जस्तै देखिन्छ । यो स्मार्टवाच अहिलेलाई चीनमा मात्रै सार्वजनिक गरिएको हो । 

यो स्मार्टवाचको मूल्य १३ सय चिनियाँ यूयान राखिएको छ । १.७८ ईन्चको स्क्रिन डिस्प्ले भएको यो स्मार्टवाचमा ५ सय ७० एमएएचको व्याट्री प्रयोग गरिएको छ, जुन ३६ घण्टा लगातार चल्ने कम्पनीले दाबी गरेको छ । 

यसमा क्वालकमको स्न्याप ड्रागन वेयर ३१०० प्रोसेसर र १ जिबीको र्‍याम प्रयोग गरिएको छ भने ८ जिबीको स्टोरेज दिइएको छ ।

यो स्मार्टवाचले मुटुको धड्कन र अन्य शारीरिक चाल मापन गर्न सक्नेछ भने फोरजी नेटवर्कको लागि ई-सीम पनि सपोर्ट गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team