close

टेलिकमको आकर्षक फोरजी डाटा प्याकः २४० मै ३ जीबी

टेकपाना टेकपाना

कात्तिक २२, २०७६ १०:४०

टेलिकमको आकर्षक फोरजी डाटा प्याकः २४० मै ३ जीबी

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै फोरजीका लागि नयाँ डाटा प्याक सार्वजनिक गरेको छ । कम्पनीले सामान्य दरमा बोनसमा दोब्बर डाटा उपलब्ध गराउने गरी डाटा प्याक ल्याएको हो । 

फोरजीका लागि तीन ओटा डाटा प्याक ल्याइएको छ । जसअनुसार एक दिनभर चलाउन सकिने गरी २५ रुपैयाँमै चार सय एमबी डाटा पाउनुहुनेछ । यसमा १२० एमबी डाटाले जुनसुकै नेटवर्कमा र २८० एमबी फोरजी नेटवर्कमा मात्र मोबाइल इन्टरनेट चलाउन सकिनेछ ।

यसैगरी अर्को एक सय रुपैयाँमा एक जीबी डाटाको एक हप्ते प्याक रहेकाे छ । जसमध्ये सात सय एमबी डाटा फोरजी नेटवर्कमा र बाँकी तीन सय एमबी डाटा जुनसुकै नेटवर्कमा रहेर इन्टरनेट चलाउन सकिनेछ । 

यसैगरी अर्को प्याकमा २८ दिनसम्म चलाउन सकिने गरी २४० रुपैयाँमा तीन जीबी डाटा उपलब्ध छ । जसमध्ये २१ सय एमबी फोरजीमा र नौ सय एमबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिनेछ ।

फोरजी नेटवर्क भएको स्थानमा हुनेहरूले सुरुमा फोरजीमा इन्टरनेट चलाउँदा फोरजी डाटा  प्रयोग हुनेछ । फोरजी नेटवर्कमा नहुँदा इन्टरनेट चलाउँदा भने जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्ने गरी दिइएको डाटा खपत हुनेछ । यद्यपी फोरजी डाटा सिकिएको अवस्थामा फोरजी नेटवर्कमै रहेर जुनसुकै नेटवर्कका लागि उपलब्ध डाटा प्रयोगमा आउनेछ ।

*1415# डायल गरेर टेलिकमको फोरजी डाटा प्याक खरीद गर्न सकिनेछ भने मोबाइलमा फोरजी सेवा सुरु गर्न *444# डायल गर्नुपर्नेछ । आगामी माघसम्म देशभर फोरजी सेवा विस्तार गरिसक्ने लक्ष लिएकाे टेलिकमले हाल काठमाडौं, पोखरा सहित ७० भन्दा बढी सहरमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०