close

अनलाईन ऋण आवेदन प्रणाली सुरु गर्दै महालक्ष्मी बै‌ंक

टेकपाना टेकपाना

कात्तिक २४, २०७६ १२:२०

अनलाईन ऋण आवेदन प्रणाली सुरु गर्दै महालक्ष्मी बै‌ंक

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्ने सुविधा ल्याउने भएको छ । अनलाइन लोन इलिजिबिलिटी सर्भिस मार्फत ऋण आवेदनलाई अनलाइन प्रणालीमा लैजाने भएको हो । 

नेपाल राष्ट्रबैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाको रुपमा रहेको महालक्ष्मी विकास बैंकले आफूलाई बलियो र विश्वसनीय विकास बैंकको रुपमा स्थापित गर्दै लगेको छ । नेपालभर यस बैंकका एक लाखभन्दा बढी ग्राहक र एक सयभन्दा बढी शाखाहरु रहेका छन् ।

यसैगरी बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण सम्ब्निध प्रक्रियालाई समेत डिजिटाइज र स्वचालित गर्ने छ । त्यसका लागि बै‌कले एसबी सोलुसन प्रालिसँग सम्झौता समेत भएको बैंकले जनाएको छ ।

बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले दुईपक्षीय सम्झौतामा हस्ताक्षर गरे । लोन म्यानेजमेन्ट सिस्टम मार्फत् बैंकले आन्तरिक ऋण र ऋण सम्बन्धि फाइलको स्वीकृतिको प्रकृयालाई स्वचालित तथा डिजिटाइज गर्न सक्ने बताइएको छ । यसबाट बैंकलाई ग्राहकको ऋण फाइल सम्बन्धी कामको स्वीकृति र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०