close

दराजको ११.११ मा सेभेन टी प्रो सार्वजनिक हुने, आईफोन इलेभेन प्रि अर्डर गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २४, २०७६ १३:३१

दराजको  ११.११ मा सेभेन टी प्रो सार्वजनिक हुने, आईफोन इलेभेन प्रि अर्डर गर्न सकिने

नेपालको सबैभन्दा ठूलो अनलाइन सपिङ साइट दराजलले हरेक वर्ष अयोजना गर्दै आएको सेल ११.११ आज मध्य रातबाट सुरु हुँदैछ । संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल नजिकिँदै गर्दा अनलाइन खरीदका लागि कतिपय उपभोक्ता व्यग्रताका साथ प्रतिक्षामा छन् । 

यो एक दिनको सेलमा दराजले ३००० भन्दा बढि विक्रेतासँग मिलेर तीन लाख भन्दा बढी सामानहरूमा आकर्षक छूट सहित भउचरहरू, फ्ल्यास सेल लगायत अनेकौँ अफर ल्याउँदैछ । 

उपभोक्ताले दराजका विभिन्न ६ ओटा बैंकिङ पार्टनरहरूसँगको सहकार्यमा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरि अनलाइन भुक्तानी गर्दा थप २० प्रतिशत तथा मेगासेलमा ३५ सय रुपैयाँसम्मको छूट पाउनेछन् । दराजको बैकिङ पार्टनरको रुपमा नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, मेगा बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

दराजका अनुसार यसपालीको सेल ११.११ मा उपभोक्ताहरूले चर्चित ब्रान्डका आकर्षक डिल गर्न सक्नेछन् । जसमा रेड्मी नोट ७ प्रो, हुवावे पी ३०, र वान प्लस ७ मा भारी छूट पाउन सकिनेछ । यस्तै, आईफोन ११ को प्री अर्डरका साथ वान प्लस ७ टी प्रो को सार्वजनिक समेत सेलकै क्रममा हुनेछ ।

साथै सामसङ, मिडिया, भिडियोकोन, होमग्लोरी जस्ता ब्रान्डका फ्रिज, एसी, टीभी, वाशिङ मशीन, रुम ग्यास हिटर लगायतका सामानमा ठुलो छुट दिने बताइएको छ । डेल, ब्ल्याक एण्ड डेकर, फिलिप्स, यासुदा, वर्लपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्ट, आडिडास, सोनाम गियर्स, एजीवी, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डका सामानमा पनि छूट दिनेछ ।

ब्रान्ड पिच्छे फरक फरक छूट अफर भएपनि उपभोक्ताले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छूटको अपेक्षा गर्न सक्ने दराजले जनाएको छ । टाइटनका उत्पादनहरुमा २५ प्रतिशत, मन्त्र नाइकी, गोल्ड्स्टार र ज्युवासका उत्पादनहरुमा ३५%, भ्यान्सका उत्पादनमा ५० प्रतिशत सम्म, आडिडास तथा सोनाम गियर्सका उत्पादनमा ७० प्रतिशतसम्म छूट रहेको बताइएको छ ।

यो सेल २४ घण्टाका लागि मात्र हुने भएकाले खरीद गर्न चाहने ग्राहकले सुरुमा दराज एप डाउनलोड गरी नोटिफिकेसन अन राख्नुपर्नेछ । अनलाइन बजारको रुपमा रहेको दराजले उपभोक्ता र बिक्रेतालाई मिलाउने भएकाले यसमा थुप्रै बिक्रेता हुनेगर्छन् । जसले गर्दा एउटै समानको मूल्य फरक फरक हुनुक्छ । उपभोक्ताले बिक्रेताले दिएको मूल्य, बिक्रेता को रेटिङ्ग, अरु उपभोक्ताले दिएको प्रतिक्रिया हेरेर मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्ने हुन्छ ।

यस पटकको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्‍याली स्कुटर रहेको छ । दराज ११.११ सपिङ गर्ने सबैले स्वतः स्कुटर उपहार योजनामा सहभागी हुनपाउनेछन् । खरी दगर्ने सबै उपभोक्ता मध्येबाट लक्की ड्र गरी एक जनालाई बिजेता घोषण गरिने दराजले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०