२०७९, १ भाद्र बुधबार   |  
Wednesday 17th August 2022

लाइक संख्या लुकाउँदै इन्स्टाग्राम, अमेरिकामा परीक्षण हुँदै

सामाजिक सञ्जाल फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले लाइकको संख्या लुकाउने आफ्नो परीक्षणलाई तिव्रता दिएको छ । यसैसातादेखि अमेरिकी प्रयोगकर्ता माझ यसको परीक्षण सुरु हुने कम्पनीले जनाएको छ ।

इन्स्टाग्रामले यसअघि जापान, ब्राजिल र क्यानडाका सीमित प्रयोगकर्ता माझ यसको परीक्षण आरम्भ गरेको थियो । परीक्षणको नतिजा सकारात्मक आएको भन्दै कम्पनीले अमेरिकामा पनि यसको परीक्षण थाल्ने भएको हो । केही समयपछि विश्वभरका प्रयोगकर्ताको इन्स्टाग्राम लाइक संख्या लुकाउने कम्पनीको योजना छ । अमेरिकामा इन्स्टाग्रामका १० करोड भन्दा बढी प्रयोगकर्ता छन् ।

लाइक संख्याले आफ्नो प्लेटफर्ममा सेलिब्रेटी र साधारण प्रयोगकर्ताबीच वर्ग छुट्याउने भन्दै इन्स्टाग्रामले लाइक संख्या नदेखाउने फिचरको परीक्षण सुरु गरेको हो । आफ्नो पोष्टमा आएको लाइक तथा कमेन्ट संख्या प्रयोगकर्ताले हेर्न पाउने भए पनि अन्य प्रयोगकर्तालाई भने त्यो देखाइने छैन । यो फिचरले प्रयोगकर्तामाझ लाइक बढाउने अस्वस्थ प्रतिस्पर्धा नहुने कम्पनीको धारणा छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team