close

९६ सेकेन्डमै अलिबाबाको डेढ खर्ब व्यापार, नेपालको बजेट बराबरको सामान एक घन्टामै बिक्री

टेकपाना टेकपाना

कात्तिक २५, २०७६ १०:१७

९६ सेकेन्डमै अलिबाबाको डेढ खर्ब व्यापार, नेपालको बजेट बराबरको सामान एक घन्टामै बिक्री

डबल इलेभेनको नाममा आइतबार मध्य रातदेखि सुरु भएको अलिबाबाको एक दिने व्यापारको सुरुवात नै धमाकेदार बनेको छ । विश्वकै सबैभन्दा ठूलो अनलाइन सपिङमध्येको अलिबाबाले पहिलो ९६ सेकेन्डमै एक अर्ब ४३ करोड डलर अर्थात एक खर्ब ६३ अर्ब रुपैयाँको कारोबार गरेको छ ।

अघिल्लो बर्ष यस्तो कारोबारका लागि १२५ सेकेन्ड लागेको थियो । अनलाइन सपिङ मेलाको रुपमा व्यापक छुट सहित घोषणा गरिएको यो व्यापारको लत चिनियाँमा कति रह्यो भने करिब १३ मिनेटमै अलिबाबाले ८ खर्ब १३ अर्ब रुपैयाँको कारोबार गर्यो । 

अलिबाबामा अर्डरको क्रम भने घटेन । एक घन्टामै यस्तो कारोबार साढे १३ अर्ब डलर माथी लाग्यो । यस्तो रकम अघिल्लो बर्षको तुलनामा २२ प्रतिशतले बढी हो । अलिबाबा चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ हो । 

अलिबाबाको अनलाइन सपिङमा आएको बहार पछि चिनियाँ सञ्चारमाध्यमले भने यसलाई फरक कोणबाट विश्लेषण गरिरहेका छन् ।

अमेरिकासँग व्यापार युद्धको अवस्थामा रहँदा पनि चिनियाँ नागरिकको अनलाइन प्रतिको तिव्र आकर्षणलाई त्यहाँका सञ्चार माध्यमले अमेरिकासँगको व्यापारको अस नपरेको जनाएका छन् । 

नेपालमा पनि अनलाइन सपिङ दराजले आइतबारमध्ये रातिदेखि ११ः११ को नाममा एक दिनको अनलाइन व्यापार मेला गरिरहेको छ । कम्पनीले यस अवसरमा ८० प्रतिशतसम्म छुट दिएको दाबी गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०