close

सेक्युरिटी प्रिन्टिङ स्थापनाको जिम्मा फ्रान्सेली कम्पनीलाई

टेकपाना टेकपाना

कात्तिक २७, २०७६ ११:१७

सेक्युरिटी प्रिन्टिङ स्थापनाको जिम्मा फ्रान्सेली कम्पनीलाई

सरकाले सेक्युरिटी प्रिन्टिङ स्थापनाको जिम्मा फ्रान्सेली कम्पनीलाई दिने निर्णय गरेको छ । पैसा र पासपोर्टसहितका महत्वपूर्ण कागजपत्र नेपालमै छाप्ने योजनका साथ सरकाले उक्त निर्णय गरेको हो ।

अघिल्लो बुधबार बसेको मन्त्री परिषदको बैंठकले उक्त निर्णय लिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सेक्युरिटी प्रिन्टिङ स्थापनको लागि फ्रान्सको इन ग्रुपसँग सम्झौता गर्ने निर्णय भएको हो । पैसा, पासपोर्ट, स्टिकर, हुलाक टिकटजस्ता महत्वपूर्ण नेपालमै छाप्ने योजनाका साथ सेक्युरिटी प्रिन्टिङ अर्थात सुरक्षण मुद्रण स्थापना गर्न लागिएको हो । त्यसकालागि सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले फ्रान्सको उक्त कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर गरी सकेको छ ।

उक्त ग्रुपसँग गत फागुनमा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसादा बास्कोटा फ्रान्स भ्रमणमा गएका बेला प्रारम्भीक समझदारी गरेर आएका थिए । उक्त समझदारी पत्रमा त्यसबेला नेपालको तर्फबाट मन्त्रलयकी सह–सचिव राधिका अर्यालले हस्ताक्षर गरेकी थिइन् । त्यसबेला प्रारम्भीक समझदारी गरेर फर्किएको मन्त्री बास्कोटाको टोलीले पुन दोस्रो पटकको फ्रान्स भ्रमणमा सम्झौता गरेर फर्किएको स्रोतले जनाएको छ ।

मन्त्रीबास्कोटा अघिल्लो सोमबारमात्रै फ्रान्सको भ्रमणबाट फर्किएका हुन् । उक्त भ्रमणको क्रममा सुरक्षण मुद्रण स्थापनाको लागि फ्रान्सको कम्पनीसँग समझदारी गरिएको उल्लेख गरिएको छ । मन्त्रालयले गरेको उक्त समझदारीकै आधारमा मन्त्रालयले मन्त्रीपरिषदमा बुझाएको प्रतिवेदनमा छलफल गरी मन्त्रीपरिषद बैंठकले सम्झौताकोलागि स्वीकृती दिएको हो ।

यसअघि भएको सम्झौता अनुसार सुरक्षण मुद्रण स्थापानको लागि करिब ३० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यसमध्य केही रकम फ्रान्स सरकारले सहुलियतपूर्ण ऋणमा दिने उल्लेख गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०