close

इन्टेलको चिपमा सुरक्षा कमजोरी भेटियो, अर्बौं डिभाइस जोखिममा

टेकपाना टेकपाना

कात्तिक २८, २०७६ १२:४६

इन्टेलको चिपमा सुरक्षा कमजोरी भेटियो, अर्बौं डिभाइस जोखिममा

अनुसन्धानकर्ताहरूको एक समूहले इन्टेलले उत्पादन गरेको कम्युटर चिपमा गम्भीर सुरक्षा कमजोरी फेला पारेका छन् । इन्टेलसहित जेनेभास्थित एसटी माइक्रो इलेक्ट्रोनिक्सले उत्पादन गरेको चिपमा यस्तो कमजोरी भेटिएको हो ।

यो कमजोरीका कारण यी दुई कम्पनीले उत्पादन गरेका चिप प्रयोग भएका विश्वभरका ल्यापट, सर्भर, ट्याब्लेट र डेस्कटप प्रयोगकर्ता प्रभावित भएका छन् । अहिले यो कमजोरी सुल्झिसकेको बताइएको छ ।

यो कमजोरीले चिपभित्र रहनुपर्ने क्रिप्टोग्राफिक की (सुरक्षित सञ्चारको लागि प्रयोग गरिने विधि) चोरी गर्न मद्दत गर्ने गरेको थाहा हुन आएको छ । चिपभित्र सुरक्षित रहनुपर्ने यो कीको चोरीले ह्याकरलाई डिभाइसको अपरेटिङ सिस्टम प्रभावित पार्न, डिजिटल हस्ताक्षर चोरी गर्न र ईन्क्रिप्ट गरिएको जानकारीमा समेत पहुँच दिन्थ्यो ।

यो कमजोरी विगत १० वर्षदेखि रहिआएको प्रकाशित समाचारहरुमा जनाइएको छ । इन्टेलको टीपीएम फिर्मवेयर भनिने चिपभित्र सुरक्षा र व्यवस्थापनको काम गर्ने सफ्टवेयरमा कमजोरी भेटिएको हो । इन्टेलले ह्यासवेल प्रोसेसर सन् २०१३ मा उत्पादन गरेयता यही सफ्टवेयर प्रयोग गर्दै आएको छ ।

यो सीपीयू चर्चित कोर आईथ्री, आईफाइभ र आईसेभेन प्रोसेसरमा प्रयोग गरिएको छ । अर्को सुरक्षा कमजोरी, एसटी माइक्रो इलेक्ट्रोनिक्सको टीपीएममा फेला परेको छ ।

यद्यपी यो चिपले विश्वमान्यता प्राप्त सुरक्षा सर्टिफिकेट समेत प्राप्त गरेको छ । सुरक्षाका हिसाबले उत्कृष्ट मानिएको यो चिपमा वर्षौदेखिको सुरक्षा कमजोरी भेटिंदा अनुसन्धानकर्ताहरू समेत आश्चर्यचकित छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०