close

ई–सेवा र खल्ती जस्तै ‘फेसबुक पे’

टेकपाना टेकपाना

कात्तिक २९, २०७६ १२:२४

ई–सेवा र खल्ती जस्तै ‘फेसबुक पे’

फेसबुकले ई–पेमेन्ट सिस्टको सुरुवात गरेको छ । पछिल्लो समय डिजिटल पेमेन्टको बढ्दो बजारलाई मध्यनजर गर्दै फेसबुकले यो सेवा सुरु गरको हो ।

अमेरीकाबाट यसको सुरुवात भएको छ । अमेरिकामा म्यासेन्जर र फेसबुकमा फेसबुक पे सुरु भएको जनाइएको छ । भने, विस्तारै यसलाई विश्व व्यापी बनाउने उल्लेख गरिएको छ ।

फेसबुकका अनुसार पहिलो चरणमा यो सेवा फेसबुक, म्यासेन्जरबाट सुरु गरिएको भएता पनि आगामी दिनमा इन्स्टाग्राम र ह्वाट्सएपमा पनि उपलब्ध हुनेछ । आफ्ना लोकप्रिय सामाजिक सञ्जाल तथा एपमार्फत भुक्तानी सुविधा दिने गरी फेसबुकले यो डिजाइन गरेको हो ।

यसमार्फत पैसा पठाउन तथा पाउन, किनमेल गर्न, गेमको पेमन्ट गर्न, कुनै कार्यक्रमको टिकट काट्न अथवा फण्ड राइजरहरुलाई सहयोग गर्न प्रयोग गर्न सकिने जनाइएको छ ।

फेसबुकका अनुसार यो सेवा फेसबुकको क्यालिब्रा वालेट र लीब्रा नेटवर्क भन्दा अलग हुनेछ । यो सेवा हाल फेसबुक तथा म्यासेन्जरेको सेटिङमा उपलब्ध छ । जसले धेरै जसो डेबिट तथा क्रेडिटकार्ड सपोर्ट गर्ने जनाइएको छ । फेसबुकको ई-पेमेन्टबाट पे–पाल अकाउण्टमा समेत पैसा पठाउन र पाउन सिकने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०