close

दुरसञ्चारकाे नियामकमा रोजगारीको अवसर, उप निर्देशकसम्मको आवेदन खुल्यो

टेकपाना टेकपाना

कात्तिक २९, २०७६

दुरसञ्चारकाे नियामकमा रोजगारीको अवसर, उप निर्देशकसम्मको आवेदन खुल्यो

नेपाल दुरसञ्चार प्राधिकरणले आन्तरिक तथा खुल्लामा २७ जना माग गरेको छ । सहायकदेखी उप निर्देशकसम्मको पदका लागि प्राधिकरणले आज सुचना प्रकाशित गरेको छ ।

प्राधिकरणले उक्त पदपूर्तिको लागि गोरखापत्रमा आज पहिलो पटक सुचना प्रकाशित गरेको हो । जसमा आन्तरिक प्रतियोगिता र खुल्ला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक लिखित परिक्षाको लागि निवेदन माग गरेको छ ।

जसमा आन्तरिक प्रतियोगितातर्फ तीन जना र खुल्लातर्फ २४ जना माग गरिएको छ । आन्तरिकतर्फ एक जना उप–निर्देशक, प्रशासन तर्फ एक र प्राविधिकतर्फ एक जना सहायक निर्देशक भएको छ । त्यस्तै खुल्ला तथा समावेशीतर्फ १२ जना सहाकय निर्देशक माग गरिएको छ । त्यसमा पाँच जना प्राविधितर्फ ७ जना प्रशासनमा माग भएको छ ।

साथै प्राधिकरणले सहयकतर्फ १२ जनाको आवेदन माग गरेको छ । माग भएको आवेदनमा सहभागी हुने सहयकतर्फ १८ वर्ष र अधिकृततर्फ २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुने पर्ने उल्लेख छ । तर, महिला र अपाङ्गको हकमा भने ४० वर्ष ननाघेको हुने पर्ने उल्लेख छ ।

आवेदन दिनको लागि प्राधिकरणको वेबसाइटमा गएर फर्म डाउलोड गर्न सकिने छ । त्यसकालागि आन्तरिक प्रतियोगितातर्फ उपनिर्देशक तहको लागि १२ सय र सहायक निर्देशकको लागि एक हजार दस्तुर बुझाउने पर्नेछ । भने, खुल्लातर्फ सहायक निर्देशक पदको लागि एक हजार र सहायकको लागि ४ सय रुपैयाँ दस्तुर बुझाउनु पर्ने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९