close

वरिष्ठ खोज्दै प्राधिकरण, यस्ता छन् रिक्त पदका प्रत्यासी

टेकपाना टेकपाना

कात्तिक २९, २०७६ १०:२०

वरिष्ठ खोज्दै प्राधिकरण, यस्ता छन् रिक्त पदका प्रत्यासी

दूरसञ्चार क्षेत्रकाे नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरण वरिष्ठ निर्देशकको खोजिमा छ । पछिल्लो केही महिनायता नियामक जस्तो महत्वपुर्ण निकायको उपल्लो प्रशासनिक पद रीक्त छ । 

प्राधिकरणमा कार्यरत दुई जना वरिष्ठ निर्देशक मध्ये प्राविधिक समूह तर्फका आनन्दराज खनाललाई तालुकदार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तानेर जगेडामा राखेको छ । यद्यपी उनको पद भने प्राधिकरणमा वरिष्ठ निर्देशककै रुपमा छ ।

प्रशासन तर्फका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल प्रतिस्प्रर्धाबाट प्राधिकरणकै नेतृत्वको जिम्मेवारीमा पुगेका छन् । उनको स्थानको वरिष्ठ निर्देशकको पद रीक्त हुँदा प्राधिकरणका शाखा निर्देशक र उपनिर्देशकहरुकै भरमा चलिरहेका छन् । त्यसैले पनि प्राधिकरणको संरचनागत अनुसारको माथिल्लो तहको जनशक्ती पूर्ति गर्नुपर्ने बाध्यतामा प्राधिकरण छ । 

प्राधिकरणको कर्मचारी विनियमावलीले निर्देशकहरु मध्येबाट कार्क्षमताका आधारमा बढुवा गरेर मात्रै वरिष्ठ निर्देशकको पदपूर्ति गर्न सकिने व्यवस्था गरेको छ ।  यस्तो अवस्थामा उक्त पदका लागि संभाव्य उम्मेदवारकाे मूल्याङ्कन गरी योग्यताक्रम अनुसार पदपूर्तिका लागि सिफारिस गर्नुपर्ने हुन्छ ।

यसक्रममा सेवा अवधिकै कार्य क्षमताको मूल्याङ्कनका आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिन्छ । तर रीक्त पदमा बढुवाका लागि त्यसभन्दा मुनीको पदमा न्युनतम पाँच वर्ष कार्यरत रहेको भने हुनुपर्छ । त्यस हिसावले हाललाई कुनै पनि निर्देशक माथिल्लफ पदमा बढुवाका लागि योग्य देखिएका छैनन् ।

यद्यपी प्राधिकरणले कामु तथा निमित्तको जिम्मेवारी दिने गरी आवश्यक प्रकृया भने अगाडि बढाउने तयारीमा रहेको बुझिएको छ । वरिष्ठ निर्देशक आनन्दराज खनालको पद कायमै रहेको अवस्थामा प्राधिकरणले एक जना निर्देशकलाई वरिष्ठको निमित्त जिम्मेवारी दिने प्राधिकरण श्रोतले जनाएको छ ।

यस्तो अवस्थामा त्यसका लागि वरिष्ठताका आधारमा कार्यरत पाँच जना निर्देशकहरू मध्य अर्जुन घिमिरे, दीपेश आचार्य र मीनप्रसाद अर्यालबीच प्रतिस्प्रधा हुन सक्ने देखिन्छ । वरिष्ठ निर्देशक पद रीक्त रहेको अवस्थामा पदपुर्ति समितिको नेतृत्व स्वयम् अध्यक्ष पुरुषोत्तम खनालले नै गरिरहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०