close

फेसियल रिकग्निशनले एमआरआईकै आधारमा तपाईंलाई चिन्न सक्छ !

टेकपाना टेकपाना

कात्तिक २९, २०७६ १४:५५

फेसियल रिकग्निशनले एमआरआईकै आधारमा तपाईंलाई चिन्न सक्छ !

फेसियल रिकग्निशन सफ्टवेयरले मानव मस्तिस्कको स्क्यानसँग व्यक्तिलाई दुरुस्तै मिलाउन सक्ने देखिएको छ । यसको अर्थ एमआरआई तथा सीटी स्क्यानको तथ्याङ्ककै आधारमा फेसियल रिकग्निसन सफ्टवेयरले तपाईको पहिचान गर्न सक्छ ।

वालस्ट्रिट जर्नलमा भर्खरै प्रकाशित एक रिपोर्टका अनुसार सामान्य रुपमै उपलब्ध फेसियल रिकग्निशन सफ्टवेयरले समेत एमआरआई तस्वीरका आधारमा ८३ प्रतिशत पटक बिरामी पहिचान गर्नसकेको तथ्य मायो क्लिनिकका अनुसन्धाताले बाहिर ल्याएका हुन् । 

प्रविधिको स्तरमा कानून परिस्कृत हुन नसकेका कारण अनुसन्धाताले यसलाई गोपनियतामाथिको चुनौतीको रुपमा लिएका छन् । एउटा परीक्षणका क्रममा सफ्टवेयरले फोटोका आधारमा ८० प्रतिशतभन्दा बढी पटक ब्रेन स्क्यानिङका आधारमा वास्तविक व्यक्तिको पहिचान गर्न सफल भएको बताइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०