close

रिचार्ज कार्ड बिक्रेतालाई टेलिकमको ३२ करोड छूट !

टेकपाना टेकपाना

कात्तिक ३०, २०७६ ८:५२

रिचार्ज कार्ड बिक्रेतालाई टेलिकमको ३२ करोड छूट !

नेपाल टेलिकमले रिचार्ज कार्ड बिक्रेतालाई साउनदेखी असोजसम्म ३२ करोड ५२ लाख रुपैयाँ छुट दिएको छ । रिचार्ज कार्ड बिक्रेतालाई कमिसनभन्दा कम्पनीले छुट दिदै आएको छ ।

यस्तो छुटले समग्र आम्दानी र खर्चमा असर गरेको कम्पनीले पहिलो त्रैमासको बित्तिय प्रतिवेदनमा उल्लेख गरेको छ । कम्पनीले आफ्ना जीएसएम मोबाइल प्रयोगकर्ताबाट तीन महिनामा ६ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

समग्र आम्दानी करिब २५ करोडले घटेपनी सेवा बिक्री गरेर भने कम्पनीको आम्दानी बढेको देखिन्छ । अघिल्लो बर्स मोबाइल प्रयोगकर्ताबाट ६ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधीमा यस्तो आम्दानी करिब २२ करोड रुपैयाँले बढाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०