close

चार्जिङ स्टेशनमा मोबाइल जोड्ने गर्नुभएको छ ? सावधान !

टेकपाना टेकपाना

मंसिर १, २०७६ ८:०

चार्जिङ स्टेशनमा मोबाइल जोड्ने गर्नुभएको छ ? सावधान !

तपाईंले कहिल्यै सार्वजनिक स्थलमा राखिएका यूएसबी केबलको प्रयोग गर्नु भएको छ ? यदी हो भने तपाईंलाई बिमानस्थल, होटल तथा अन्य सार्वजनिक स्थानहरुमा रहेका यूएसबी पावर चार्जिङ स्टेशन सकेसम्म प्रयोग नगर्न सुझाव छ ।

किन भने त्यसमा जोखिमपुर्ण भाइरसहरु हुनसक्छन् । अघिल्लो साता प्रकाशित सुरक्षा सावधानीमा अमेरिकाको लस एन्जल्स डिस्टिक एट्रोनीले यस्तो खतरा औँल्याएका छन् ।

यूएसबी केबलहरु खासगरी डाटा तथा पावर ट्रान्सफर माध्यम गरी दुबै रुपमा काम गर्ने गरी डिजाइन गरिएको हुन्छ । पछिल्लो दशकमा स्मार्टफोनहरु लोकप्रिय बन्दै गएसँगै सेक्युरिटी अनुसन्धाताहरुले यूएसबी कनेक्सनहरु केबल चार्जका लागि मात्र प्रयोग नहुने भएकाले जोखिमतर्फ समेत संकेत गर्दै आएका छन् ।  

यस किसिमका आक्रमणलाई ‘जुस ज्याकिङ’ को नामले चिन्ने गरिएको छ । सन् २०१३ मा भएको ब्ल्याक ह्याट कन्फ्रेन्समा प्रस्तुत प्रुफ अफ कन्सेप्टमा यूएसबी वाल चार्जरले आईओएस डिभाइसहरुमा मालवेयर सार्न सक्ने खुलासा भएको थियो ।

त्यसको तीन वर्ष पछि सन् २०१६ मा सेक्युरिटी रिसर्चर साम्य कामकरले त्यस्तै किसिमको अवधारणा प्रस्तुत गरे । कामकरको ‘किस्वीपर’ नामक अवधारणा सार्वजनिक भएसँगै अमेरिकाको संघीय ब्यूरोले यूएसबी चार्जरको प्रयोग तथा त्यस किसिमका डिभाइस प्रयोग गरिएको भए सुधार गर्न कम्पनीहरुलाई राष्ट्रव्यापी रुपमा सावधानिका लागि चेतावनी दिएको थियो । 

सन् २०१६ मै अर्को एक अनुसन्धानकर्ताहरुको टिमले जोखिमपुर्ण यूएसबी वाल चार्जरको ‘प्रुप अफ कन्सेप्ट’ विकास ग¥यो । जसले वाल चार्जरमा जोडिएका डिभाइसको स्क्रिनलाई प्रतिविम्बित गर्नुका साथै रेकर्ड समेत गर्न सक्थ्यो । जुन प्रविधि ‘भिडियो ज्याकिङ’ को नामले चिनिन्छ ।

पोर्टेबल यूएसबी चार्जिङ डिभाइसहरु एसी सकेटमा जोड्न सकिने किसिमका हुन्छन् र त्यसको पछाडि अपराधिक मनोबृत्ति भएकाहरुले सार्वजनिक स्थलमा रहेका चार्जिङ स्टेशनमा यस्ता चिजहरुलाई सजिलै छाड्न सक्छन् । 

कतिपय यस्ता चार्जिङ स्टेशनहरु हुन्छन्, जहाँ चार्जका लागि केवल यूएसबी पोर्ट मात्र राखिएको हुन्छ । त्यस्ता चार्जिङ स्टेशनमा समेत अपराधिक मनोबृत्ति भएकाहरुले सहजै भाइरसहरु लोड गर्न सक्छन् । त्यसैले चार्जका लागि यूएसबी पोर्टको साटो एसी पोर्टहरु प्रयोग गर्न विज्ञहरुले सुझाएका छन् । 

पछिल्लो समय माइक्रोकन्ट्रोलर तथा इलेक्ट्रोनिक पार्टसहरु एकदमै सानो रुपमा उपलब्ध हुन थालेका छन् । त्यसको फाइदा उठाउँदै अपराधिक मानोबृत्ति भएकाहरुले यूएसबी केबलभीत्रै भाइरस तथा मिनी कम्प्युटर राख्न सक्छन् । उदाहरणको रुपमा ओएमजी केबललाई लिन सक्छौँ । अहिलेको समयमा यूएसबी केबलहरुले आफैभित्र भाइरस समेत लुकाउन सक्छन् । 

उसो भए उपाय के त ? 

मोबाइल चार्जका लागि एसी पावर सकेटको प्रयोग गर्नुस्, न कि यूएसबी चार्जिङ स्टेशन । त्यसका लागि यात्राका क्रममा आफ्नो डिभाइसका लागि एसी तथा कार चार्जर साथमा बोक्नुहोस् ।

कहिले काहिँ आपतकालित परिस्थिति पनि आइपर्न सक्छ । त्यसैले पोर्टेबल चार्जर समेत साथमा राख्नु बुद्धिमानी हुन्छ । यसबाहेक अर्को उपाय पनि छ । चार्जिङ स्टेशनमा मोबाइल चार्जका लागि डाटा ट्रान्सफर गर्न नसक्ने र पावर मात्रै आपूर्ती गर्न सक्ने यूएसबी केबल खरीद गर्न पनि सक्नुहुन्छ ।

यस्ता चार्जरहरु अनलाइनमार्फत समेत खरीद गर्न सकिन्छ । त्यसका अलावा तथाकथित ‘यूएसबी कन्डम’ हरु पनि बजारमा पाउन सक्नुहुन्छ, जसले सन्देहास्पद यूएसबी चार्जर र तपाईको मोबाइलबीच मध्यस्थताको रुपमा काम गर्न सक्छ । यस्ता डिभाइसमा ‘सिन्क स्टप’ र ‘जुस–ज्याक डिफेन्डर’ लगायत छन् । 

त्यसो त चार्जिङ स्टेशनमा हुन सक्ने भाइरस संक्रमणको निराकरणका लागि क्यास्पस्र्काई अनुसन्धाताहरुले प्योर चार्जर बनाउने प्रयास समेत गरेका थिए । तर उनीहरु आवश्यक लगानी जुटाउन असफल रहे । 

हुन त सेक्युरिटी अनुसन्धाता तथा समुदायले विश्वसनीय आधार र प्रमाण फेला नपरेको भन्दै यसलाई विश्वास गर्न नसकिने टिप्पणी पनि गर्दै आएका छन् । सामान्यतया अमेरिकी अधिकारीहरुले वास्तविकतामै आधारित रहेर सेक्युरिटी अलर्टहरु जारी गर्ने गरेका छन् ।

आखिर जेसुकै भए पनि यसलाई जनचेतनामूलक जागरणको रुपमा भने लिन सकिन्छ । प्रमाणीत आधार नभएपनि यो असम्भव दुर्घटनाका लागि दिइएको गलत सुझाव भने होइन । त्यसैले प्रयोगकर्ताले सावधानी अपनाउन जरुरी छ । 

एन्ड्रोइड र आईओएस दुबैले छुट्टै विद्युतीय शक्तीमा मात्रै केन्द्रीत नभएर यूएसबी पोर्टबाट डाटा ट्रान्सफरको प्रयास हुने वित्तिकै प्रयोगकर्तालाई सावधान गराउन अपअप फिचर समेत समावेश गरेका छन् । कुनै अविश्वसनीय यूएसबीबाट मोबाइल चार्ज गर्दा ‘डाटा सेयरिङ’ अप्सनको साटो ‘चार्जिङ अन्ली’ लाई छान्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०