close

भिडियो स्ट्रिमिङ सेवा डिज्नी प्लसका हजारौं अकाउण्ट ह्याकरको सेलमा !

टेकपाना टेकपाना

मंसिर २, २०७६ ९:२३

भिडियो स्ट्रिमिङ सेवा डिज्नी प्लसका हजारौं अकाउण्ट ह्याकरको सेलमा !

ह्याकरले यत्तिकै समय बर्बाद गर्दैनन् भन्ने एउटा दरिलो उदाहरण बनेको छ डिज्नी प्लस । डिज्नीले सेवा सुरु गरेको केही घण्टामै ह्याकरहरुले डिज्नी प्लसका अकाउण्ट ह्याक गरी सेलमा राखेका छन् ।

त्यसमध्ये पनि धेरैजसो अकाउण्ट निःशुल्क रुपमा उपलब्ध गराइएको छ, भने कतिपय अकाउण्ट बिक्रीमा राखिएको छ । बिक्रीमा राखिएका अकाउण्टको मूल्य ३ देखी ११ अमेरीकी डलर तोकिएको छ ।

डिज्नीले अघिल्लो मंगलबारमात्रै ‘डिज्नी प्लस भिडियो स्ट्रिमिङ’ सेवा सुरु गरेको थियो । हाललाई यो सेवा अमेरिका, क्यानडा र नेदरल्याण्डमा मात्रै उपलब्ध रहेको छ । सेवा सुरु भएको २४ घण्टामा एक करोड भन्दा बढी अकाउण्ट खुलेको अनुमान गरिएको थियो ।

एकैपटक धेरै संख्यामा अकाउण्ट खुल्दा सुरुमा डिज्नीको भिडियो स्ट्रिमिङमै समस्या आएको थियो । प्रयोगकर्ताले भिडियो लोड हुन नसकेको भन्दै गुनासो गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१