close

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको निगरानी अब ड्रोनबाट

टेकपाना टेकपाना

मंसिर २, २०७६ १४:३७

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको निगरानी अब ड्रोनबाट

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको निगरानी अब ड्रोनबाट हुने भएको छ । द्रुतमार्गको परामर्शदाता छनोटको मूल्यांकन मापदण्ड समयअगावै बाहिरिएको पुष्टि भएपछि नेपाली सेनाले निगरानी गर्नको लागि ड्रोन प्रयोग गर्न लागेको हो ।

ड्रोनको निगरानीसंगै द्रुतमार्गमा अत्याधुनिक प्रविधि समेत प्रयोग गरिएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालय जनाएको छ । निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘द्रुतमार्ग सडक निर्माणको आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाको आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने भएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१