close

हुवावेको पहिलो फोल्डिङ फोन ‘मेट एक्स’ सार्वजनिक

टेकपाना टेकपाना

मंसिर २, २०७६ १४:५९

हुवावेको पहिलो फोल्डिङ फोन ‘मेट एक्स’ सार्वजनिक

चिनियाँ प्रविधि कम्पनी ह्वावेले पहिलो फोल्डिङ फोन ‘मेट एक्स’ सार्वजनिक गरेको छ। सामसङले ग्यालेक्सी फोल्ड सार्वजनिक गरेकाे केही महिनामै हुवावेले पनि फोल्डिङ फोन ल्याएको हो।

चीनमा मात्र विक्री गर्न मिल्ने यस फोनमा गुगलका कुनै पनि फिचरहरु समावेश गरिएको छैन। सुरक्षा खतरा रहेको भन्दै अमेरिकाले ह्वावेमाथि प्रतिवन्ध लगाएसँगै अमेरिकी कम्पनी गुगलले हुवावेलाई एन्ड्रोइड अपरेटिङ सिस्टम सहित गुगलका अन्य फिचर्स प्रदान गर्न बन्द गरेको थियो ।

अमेरिकाको प्रतिबन्धबीच हुवावेले आफ्नै अपरेटिङ सिस्टम निर्माण गरी मेट एक्स लन्च गरेको हो । दुई हजार चार सय २२ अमेरिकी डलर मूल्य रहेको यो फोन १४ दशमलव ६ सेन्टिमिटर चौडा छ । जसमा आठ इन्चको ओएलईडी ट्याबलेट डिस्प्ले रहेको छ । यो फोन फोल्ड हुँदा ६.६ इन्चको बन्छ।

नाै सय ८० चिपसेट प्रयोग गरिएको मेट एक्समा गुगलको एन्ड्रोइड ९.० मा आधारित ईएमयूआई ९.१.१ अपरेटिङ सिस्टम जडान गरिएको छ। आठ जीबी र्‍याम रहेको मेट एक्समा ५ सय १२ जीबी स्टोरेज र ५५ वाट चार्जको साथ ४ हजार पाँच सय एमएएचको ब्याट्री रहेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१