close

नयाँ प्रविधिले पुराना दिन सम्झाउँदै मोटोरोला, ल्यायो ‘मोटो रेजर’

टेकपाना टेकपाना

मंसिर २, २०७६ १७:५६

नयाँ प्रविधिले पुराना दिन सम्झाउँदै मोटोरोला, ल्यायो ‘मोटो रेजर’

मोटोरोलाको ‘मोटो रेज भीथ्री’ चलाएको अनुभव हामी धेरैको हुनसक्छ । फ्लिप स्क्रिन भएको मोटोरोला रेज भीथ्री सन् २००४ मा सार्वजनिक भएको थियो । त्यसताका मोबाइलफोन बजारमा रेज भीथ्री सबैभन्दा रुचाईएको फोन बनेको थियो ।

त्यसैले निरन्तरता दिँदैं लेनोभोको स्मार्टफोन ब्राण्ड मोटोरोलाले ‘मोटो रेजर २०१९’ ल्याएको छ । जुन कम्पनिको पहिलो फोल्डेबल स्मार्टफोन पनि हो । त्यो पनि फेक्जिबल स्क्रीनका साथ आएको छ । जुन कम्पनीको रेज भीथ्रीको फ्लिप स्टाइलमा पुरै फोल्ड हुने बनाएको छ ।

कम्पनिले लामो समयको अन्तराल पश्चात यो स्मार्टफोन ल्याएको हो । बजारमा चलिरहेको विभिन्न अनुमानका बावजुद कम्पनिले पहिलो फोल्डेबल फोन ल्याउन सफल भएको छ । मोटोरोलाले ल्याएको उक्त फोनको डिजाइन र फेक्जिवल स्क्रिनका कारण स्मार्टफोन प्रयोगकर्तामाझ अहिलेको चर्चाको विषय बनिरहेको छ ।

कम्पनिले ल्याएको नयाँ स्मार्टफोनमा बाहिरी भागमा पनि सानो स्क्रिन रहेको छ । जसलाई ‘क्विक भ्यू एक्सटर्नल डिस्प्ले’ नाम दिएको छ । जसको साइज २.७ इन्च रहेको छ ।जसमार्फत फोनलाई नखोली प्रयोगकर्ताले कल, नोटिफिकेसन, म्यूजिक, गूगल असिस्टेन्टलगायतका फिचरहरु प्रयोग गर्न सक्नेछन् । यसका साथै बाहिरको स्क्रिनमा रियर क्यामरा समते राखिएको छ र क्विक भ्यू डिस्प्लेको सहयोगबाट सेल्फी खिच्न सकिन्छ ।

यो स्मार्टफोन पहिलो चरणमा अमेरिकी बजारमा मात्रै उपलब्ध हुनेछ । कारण मोटो रेजरले ई सिममात्रै सपोर्ट गर्नेछ । यसमा सिम जडान गर्नको लागि कुनै पोर्ट भने उपलब्ध छैन । जसको मूल्य १,४९९.९९ अमेरिकी डलर तोकिएको छ ।

सन् २०२० को जनवरी ९ तारिकबाट विक्री सुरु हुने फोन खरिदको लागि हाल प्रि बुकिङ खुल्ला गरिएको जनाइएको छ । ६.२ इन्चको फोल्डेबल पीओएलईडी एचडी डिस्प्ले फोनमा रहेको छ । फोनमा क्वालकम स्न्यापड्रागन ७१० अक्टा कोर प्रोसेसर छ ।

६ जीबी र्‍याम र एक सय २८ जीबी आन्तरिक स्टोरेज रहेको फोनमा १६ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । भने, सेल्फीको लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा प्रदान गरिएको छ । त्यस्तै फोनमा २५१० एमएएचको ब्याट्री रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१