close

एनसेलको उपकरण आयात फुकुवा गर्न निर्देशन, भन्सार विभागले रानी भन्सारलाई लेख्यो पत्र

रन्जन कोइराला रन्जन कोइराला

मंसिर ३, २०७६ १२:४६

एनसेलको उपकरण आयात फुकुवा गर्न निर्देशन, भन्सार विभागले रानी भन्सारलाई लेख्यो पत्र

काठमाडौं । बेरुजु फर्स्योट बाँकी रहेको भन्दै विराटनगरको रानी भन्सारमै अड्किएको एनसेलको दूरसञ्चार उपकरण आयातको बाटो खुलेको छ । भन्सार विभागले विराटनगरस्थित रानी भन्सारलाई पत्र लेख्दै एनसेलको मालबस्तु फुकुवा गर्न निर्देशन दिएको हो ।

महालेखा परीक्षक कार्यालयले आर्थिक बर्ष २०७३/७४ र २०७४/७५ मा कम्पनीको बेरुजु फर्स्योट बाँकी रहेको आफ्नो बार्षिक प्रतिवेदनमा उल्लेख गरेको थियो । सोही प्रतिवेदनमा उल्लेखित बेरुजुका आधारमा संसदको सार्वजनिक लेखा समितिले यस विषयमा सम्परीक्षण गरिरहेको थियो । सम्परीक्षणकै अवस्थामा रहेकोले विराटनगरको रानी भन्सार कार्यालयले एनसेलको उपकरण आयात रोकेको थियो । 

महालेखा परीक्षक कार्यालयको ५५ औं प्रतिवेदनमा अर्थ मन्त्रालय अन्तर्गतको बेरुजु ठहरिए पनि त्यसका सम्बन्धमा पछि निर्णय हुने गरी अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले विभागलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार नै विभागले विराटनगर भन्सार कार्यालयलाई पत्र लेखेको हो । 

यद्यपि विराटनगर भन्सार कार्यालयले एनसेलको कुनै पनि उपकरण आयात नरोकिएको प्रष्ट पारेको छ । उक्त कार्यालयका सूचना अधिकारी मणिराम पौडेलका अनुसार एनसेलसँग कार्यालयले बेरुजु फर्स्योटका लागि भने ताकेता गरिरहेको बताए । उनका अनुसार कम्पनीको बेरुजु करिब ९७ लाख रुपैयाँ रहेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१