close

बालुवाको कण जत्रै क्यामेरा सेन्सर

टेकपाना टेकपाना

मंसिर ३, २०७६ १३:४४

बालुवाको कण जत्रै क्यामेरा सेन्सर

आजको युगमा क्यामेराको प्रयोग प्रायः सबैले गरिरहेकै हुन्छन् । अहिलेको समयमा मोबाइल फोनमै क्यामेराको राखिने भएकाले पनि क्यामेरा प्रयोग गर्नेहरु धेरै छन् । 

क्यालिफोर्नियामा रहेको ओमनिभिजन टेक्नोलोजीले ओभी ६९४८ सेन्सर बनाएको छ । जुन बालुवाको कणको आकारमा छ । यो अहिलेसम्म क्यामेरामा प्रयोग गरिएका सेन्सरमा सबैभन्दा सानो भएकै कारण गिनिज वर्ल्ड रेकर्ड पनि जित्न सफल भएको थियो । 

यो क्यामेरा सेन्सर प्रारम्भमा सानो बाहिरी व्यास मेडिकल इन्डोस्कोपको लागि विकसित गरिएको थियो । जसले डेन्टल, भेटेनरी, आईओटी, औद्योगिक, पहिरन र फरेन्सिक उपकरण लगायतका अनेक प्रयोजनमा उपयोग गर्न सकिनेछ ।

इमेज सेन्सरसँग १/३६ इन्च अप्टिकल फर्म्याट छ र १००० एमभी / लक्स-सेकेन्डको लो-लाईट सेन्सिभिटी प्रदान गर्दछ। इमेज सेन्सरसँग पिक्सेलको आकार १.७५७५ माइक्रोन छ । ओम्निभिजन प्रविधि अनुसार सेन्सरको न्यून ऊर्जा खपतका कारण एन्डोस्कोपको डिस्टिल टिपमा लेस हिट उत्पन्न हुन्छ।

यसको कारण रोगीमा आराम र सुधार मिल्छ र लामो अवधिको प्रक्रियाहरूलाई अनुमति दिन्छ। १२० डिग्री चौडा कोणमा तस्वीर कैद गर्न मिल्ने क्यामेरा यूनिटको डेप्थ अफ फिल्ड ३ एमएम देखि ३० एमएम सम्मको हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१