close

एक्रोब्याट र रिडर २०१५ को सपोर्ट बन्द गर्दै एडोब

टेकपाना टेकपाना

मंसिर ३, २०७६ १५:५९

एक्रोब्याट र रिडर २०१५ को सपोर्ट बन्द गर्दै एडोब

एडोबले आफ्ना सफ्टवेयर एडोब एक्रोब्याट र रिडर २०१५ को सपोर्ट बन्द गर्ने भएकाे छ । आगामी ७ अप्रिल २०२० पछि यी दुबै पीडीएफ रिडर तथा क्रियशन सफ्टवेयरकाे सपोर्ट बन्द हुनेछ ।

अप्रिल पछि एडोबेले उक्त भर्जनका उत्पादनमा प्राविधिक सपाेर्टका साथै कुनैपनि सुरक्षा अपडेट उपलब्ध नगराउने जनाएकाे छ । एडोबको गरेकाे याे घोषणासंगै अप्रिल देखि उक्त भर्जनका लागि कुनै पनि सुरक्षा प्याच पनि जारी हुने छैन।

एडोबले फ्ल्यास, रिडर, एक्रोब्याटकाे सपोर्ट बन्द गर्ने भएतापनि आफ्नो सफ्टवेयरमा भने सदैब समर्थन गर्ने विश्वास व्यक्त गरेकाे छ । यस महिनाको प्याच अपडेटमा इलस्ट्रेटर सीसी र मिडिया ईन्कोडरमा एकदमै संवेदनशील प्याचहरू समावेश थिए। त्यसैले गर्दा एडोब ब्रिज सीसी र एडोब एनिमेट सीसीले पनि सुरक्षा अपडेट प्राप्त गर्‍यो।

संस्थाहरुले यसकाे अपग्रेडका,लागि आवश्यक समय थप गर्न सक्ने जनाइएकाे छ । तर, साधारण उपभाेक्ताकाे हकमा भने याे लागू हुने छैन् । त्यसैले समयसीमा अघिनै एडोब एक्रोब्याट डिसी र एडोब एक्रोब्याट रिडर डिसीलाई अपग्रेड गर्नु पर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१