close

यी घटना जसले टिकटकलाई बिवादमा ल्यायो

टेकपाना टेकपाना

मंसिर ३, २०७६ १६:३१

यी घटना जसले टिकटकलाई बिवादमा ल्यायो

पछिल्लो समय सामाजिक भिडियो एप ‘टिकटक’ले लोकप्रियता पाइरहेको छ । टिकटक कै कारण अहिले धेरै व्यक्तिहरु सेलिब्रिटीको रुपमा उदाईरहेका पनि छन् ।

अहिले ‘टिकटक’ भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । याे वर्ष टिकटकले डाउनलाेडमा फेसबुकलाई पनी उछिनेकाे छ । टिकटकको १५ सेकेन्ड क्लिप भिडियो अहिले युवा पुस्तामाझ लोकप्रियता बढ्दै गएको छ । गुगलको प्लेस्टोर र एप्पलको एप स्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ ।

लोकप्रियता बढ्दै गएपनि हाल टिकटकमाथि विभिन्न प्रश्नहरु उठ्न थालेका छन् । अमेरिकाले यसलाई थ्रेटकाे रुपमा लिएकाे छ । यसमार्फत जस्ताे सुकै समुहलेपनि आफ्नाे सन्देश छाड्न सक्ने भएकाले अमेरिकाले यसलाई थ्रेटकाे रुपमा लिएकाे छ । साथै, डाटा भूराजनीति, इन्टरनेटको शक्ति र कसले कुन अनलाईन हेर्छन् भन्ने विषय पनि यसका चुनाैती हुन।

पछिल्लाे समय टिकटक एक प्रमुख मनोरञ्जन माध्यम पनि हाे । अधिकांश युवायुवती सजिलो तरिकाबाट भिडियो सम्पादन गर्दै टिकटक बनाउछन् । यो एपले डिजिटल टिपमा विज्ञापन र कमिशनबाट पैसा कमाउँछ।

यसले एक दिनमा ई-कमर्सबाट आफ्नो चिनियाँ एप डुयिनको जस्तै आम्दानी गर्न सक्छ । डुयिन र टिकटक दुबै बाइटडेन्सको स्वामित्वमा रहेका कम्पनी हुन् । सन् २०१९ मा मात्र ‘टिकटक’ को डाउनलोड संख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएर ६१ करोड ४० लाख पुगेको छ ।

टिकटक डाउनलोड भारतमा सबैभन्दा बढी हुने गरेकाे ५ । कुल डाउनलाेडकाे करिब ३१ प्रतिशत भारतबाटै हुने गरेकाे छ । जहाँबाट ४६ करोड ६८ लाखले डाउनलोड गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१