close

सुरु भयो हाम्रो पात्रोको ‘हाम्रो मार्केट’

टेकपाना टेकपाना

मंसिर ५, २०७६ १९:३४

सुरु भयो हाम्रो पात्रोको ‘हाम्रो मार्केट’

चर्चित नेपाली पात्रो निर्माता कम्पनीले नयाँ सेवाको थालनी गरेको छ । कम्पनीले सामान खरीद तथा बिक्री गर्न सकिने माध्यमकाे रुपमा हाम्रो पात्रोको टिमले बिहीबारदेखि ‘हाम्रो मार्केट’ सेवा सञ्चालनमा ल्याएको हो । 

यो एप्लिकेशनकाे माध्यमबाट घरमै बसेर घर, जग्गा, मोबाइल, कार लगायतका सामान किन्न तथा बेच्न सकिने हाम्रो पात्रोले जनाएको छ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतिका अनुसार हाललाई यो सेवा काठमाडौं उपत्यकामा मात्रै उपलब्ध हुनेछ ।

अन्य ब्राउजर तथा एप्लिकेशनमा नगइकनै सोझै हाम्रो पात्रोकै एपबाट सामान खरीद बिक्री गर्न सकिने जनाइएको छ । हाम्रो पात्रोबाटै हाम्रो कम्युनिटी साइटमा लगइन गर्न सकिनेछ । त्यसका लागि फेसबुक तथा गुगल आईडीबाटै सोझै लगईन गर्न सकिने बनाइएको छ । यो समाचार तयार पार्दा सम्म हाम्रो मार्केटमा एक जार ३८२ जना सदस्य पुगिसकेका छन् ।

हाम्रो पात्रोले पात्रोकाे अलावा समाचार, रेडियो, अडियो, भिडियो, गेम, कुण्डली, राशिफल, बिनिमयदर, शेयरबजार, सुन/चाँदीको मूल्य, तरकारीको बजारभाउ, किबोर्ड, शब्दकोष लगायतका सेवा यस अघि नै समावेश गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१