close

नेपालगञ्जमा एनसेल सेन्टर सञ्चालनमा, १ जीबी डाटा निःशूल्क

टेकपाना टेकपाना

मंसिर ६, २०७६ ११:१६

नेपालगञ्जमा एनसेल सेन्टर सञ्चालनमा,  १ जीबी डाटा निःशूल्क

एनसेल प्राइभेट लिमिटेडले नेपालगञ्जको पुष्पलाल चोक–२ मा सुविधा सम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार एक कार्यक्रम माझ उक्त सेन्टरको उद्घाटन गरेका छन् ।

नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले आकर्षक योजना पनि ल्याएको छ । जसमा बिहीबार देखि शनिबारसम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम ३ दिनसम्म प्रयोग गर्न सकिने छ । साथै शनिबारसम्म उक्त सेन्टरबाट कारोबार गर्ने ग्राहकले अन्य उपहार पनि प्राप्त गर्ने उल्लेख छ ।

एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवा प्राप्त गर्नेछन् । त्यसैगरी सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सीयूजी नम्बरहरु र बिज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका सेवाहरु प्राप्त गर्न सकिने एनसेलले जनाएको छ ।

आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ बजे सम्म उक्त सेन्टरले ग्राहकलाई सेवा प्रदान गर्ने जनाइएको छ । आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाउन एनसेलले देशका विभिन्न स्थानमा गरी ३० ओटा एनसेल सेन्टर सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१