close

नेपालमा आईफोन ११ र ११ प्रोको बिक्री सुरु, यस्तो छ मूल्य सूची

टेकपाना टेकपाना

मंसिर ६, २०७६ १४:४५

नेपालमा आईफोन ११ र ११ प्रोको  बिक्री सुरु, यस्तो छ मूल्य सूची

आजबाट नेपालमा आधिकारिक रुपमा आईफोन ११ र ११ प्रो को बिक्री सुरु भएको छ । एप्पलको लागि नेपालको आधिकारिक बिक्रेता जेननेक्स्ट प्रालीले नेपालमा नयाँ आईफोन ११ र ११ प्रो भित्र्याएको हो ।

६.१ इन्चको लिक्विड रेटिना डिस्प्ले साथ आएको आईफोन ११ मा एप्पल ए–१३ बायोनिक प्रोसेसर रहेको छ । जुन विश्वकै तीव्र सीपीयू तथा जीपीयू भएको दाबी गरिँदै आएको छ । आईओएस–१३ अपरेटिङ सिस्टम रहेको फोनमा डार्क मोड पनि रहेको छ ।

डुअल रियर क्यामेरा सेटअपका साथ आएको फोनमा १२ मेगापिक्सेलको वाइड एंगल र १२ मेगापिक्सेलकै अल्ट्रा वाइड एंगलको क्यामरा रहेको छ । त्यस्तै सेल्फीका लागि १२ मेगापिक्सेलकै फ्रन्ट क्यामेरा रहको छ । फोनको फ्रन्ट क्यामेरामा वाइड एंगल पनि दिइएको छ । जसले ग्रुप सेल्फीका लागि सहज हुने जनाइएको छ ।

त्यस्तै आईफोन ११ प्रोमा ५.८ इन्चको डिस्प्ले रहेको छ भने, आईफोन ११ प्रो म्याक्समा ६.५ इन्चको डिस्प्ले राखिएको छ । यी दुवै फोनमा ट्रिपल रियर क्यामेरा रहेको छ । जसमा क्यामेरा १२ मेगापिक्सेलको वाईड एंगल, अर्को अल्ट्रा वाइड एंगल क्यामेरा रहेको छ भने तेस्रो १२ मेगापिक्सेलको टेलिलेन्स राखिएको छ । साथै फ्रन्ट क्यामेरा १२ मेगापिक्सेलकै रहेको छ ।

जेननेक्स्टका अनुसार नेपाली बजारमा आइफोन ११ का तीन फरक भेरियन्ट आएका छन् । जसमा ६४ जीबीको मूल्य १ लाख १० हजार पाँच सय रुपैयाँ , १२८ जीबीको १ लाख १८ हजार तीन सय रुपैयाँ र २५६ जीबीको एक लाख ३४ हजार रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै ११ प्रो ६४, २५६ र ५१२ जीबी भेरियन्टमा आएको छ । जसको मूल्य क्रमशः १ लाख ५७ हजार दुई सय ५० रुपैयाँ, १ लाख ८० हजार नौ सय रुपैयाँ र दुई लाख ११ हजार ८ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आईफोन ११ प्रो म्याक्स ६४, २५६ र ५१२ जीबी भेरियन्टमा आएको छ । नेपाली बजारमा त्यसको मूल्य क्रमशः एक लाख ७२ हजार आठ सय रुपैयाँ, एक लाख ९६ हजार ६ सय रुपैयाँ र दुई लाख २७ हजार सात सय रुपैयाँ तोकिएको छ । यी तीनै फोनमा कम्पनीले किस्ता बन्दीकाे सुविधा पनि दिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१