close

अब ट्वीटको रिप्लाई लुकाउन सकिने

टेकपाना टेकपाना

मंसिर ७, २०७६ १३:३२

अब ट्वीटको रिप्लाई लुकाउन सकिने

माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले प्रयोगकर्ताको लागि नयाँ सुविधा थप गरेको छ । पछिल्लो समय विभिन्न सुविधा थप गरिरहेको ट्वीटरले प्रयोगकर्तालाई आफुले गरेको ट्वीटमा आएको रिप्लाइलाई लुकाउन मिल्ने सेवा उपलब्ध गराएको छ ।

यसअघि यो वर्षको सुरुवातमा सेक्युरीटी अनुसन्धानकर्ता जेन मानचुङ वाङले ट्वीटरले ‘रिप्लाई मोडरेशन टुल’ टेस्टीङ गरिरहेको खुलासा गरेकी थिइन् । नभन्दै ट्वीटरले रिप्लाई लुकाउन मिल्ने फिचर विश्वभरका प्रयोगकर्तामाझ सार्वजनिक गरेको हो । यो सँगै प्रयोगकर्ताले आफ्नो ट्वीटमा हुने कुराकानीलाई नियन्त्रण गर्न सक्ने भएका छन् ।

उक्त मोडरेसन टुलले प्रयोगकर्तालाई ट्वीटमा आएको रिप्लाईलाई लुकाउने विकल्प प्रदान गर्दछ । तर, उक्त लुकाइएको रिप्लाई अन्य प्रयोगकर्ताले चाहेको खण्डमा हेर्न भने सक्नेछन् । त्यसका लागि ग्रे आइकन उपलब्ध गराइएको छ । जहाँ क्लिक गरेर प्रयोकर्ताले लुकाईको रिप्लाई हेर्न पाउने छन् ।

ट्वीटरमा रिप्लाई कसरी लुकाउने ?

यो सुविधा एन्ड्रोएड, आइओएस, ट्वीटर लाईट, र ट्वीटरको मेन साइट सबैमा उपलब्ध छ । जब तपाईंले ट्वीट गर्नुहुन्छ त्यसमा जो कसैले रिप्लाई दिन सक्छन् । यदि त्यो रिप्लाई तपाईंलाई असान्दर्भिक अथावा अरुलाई देखाउन नमिल्ले जस्तो लागेको खण्डमा त्यसलाई लुकाउन सक्नुहुनेछ।

ट्वीटरको जीआईएफ

त्यसका लागि उक्त रिप्लाईको दायाँ साईडमा रहेको ‘ड्रप डाउन एरो’ मा क्लिक गरेर त्यसभित्र रहेको ‘हाइड रिप्लाई’ अप्सन छनोट गर्न सक्नु हुनेछ । यदि तपाईंलाई लुकाइएको रिप्लाई पुन देखाउन मन लागेमा ट्वीटरले त्यसको सुविधा पनि दिएको छ । त्यसका लागि ‘अनहाईड रिप्लाई’ अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१