close

यस्तो छ स्मार्टफोनको लत छुटाउने फिचर लाइट फोन टू

टेकपाना टेकपाना

मंसिर ६, २०७६ १८:४४

यस्तो छ स्मार्टफोनको लत छुटाउने फिचर लाइट फोन टू

यो प्रयोगकर्ताहरुलाई स्मार्ट फोनको प्रयोग कम गराउने गरी ल्याइएको फिचर लाइट फोन टू हो । ई–इन्क टच स्क्रिन भएको यो फोनमा फोरजी समेत चलाउन सकिन्छ ।

यसबाट कल गर्न र टेक्स्ट पठाउन सकिन्छ । निर्माताहरुले यसमा राइड सेयरिङ र म्याप जस्ता ‘इन्ड टु इन्ड’ एपहरु र म्युजिक समेत थप गरेका छन् । क्यामेरा, इमेल, सामाजिक सञ्जाल लगायतका एपहरु भने यो फोनमा चलाउन सकिने छैन ।

यसलाई दोश्रो फोनको रुपमा प्रयोग गर्न सकिनेछ भने आफूले प्रयोग गरिरहेको फोनलाई पूर्ण रुपमा विस्थापित गर्न पनि सकिनेछ । तर यसको मूल्य भने एकदमै महंगो छ । अमेरिकी बजारमा यसको मूल्य तीन सय ५० अमेरिकी डलर अर्थात करीब ४० हजार रुपैयाँ छ । के यसले साच्चिकै स्क्रिनमा व्यतित गर्ने समयलाई कम गर्न सक्ला त ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१