close

वानप्लस स्मार्टफोनका प्रयाेगकर्ताको डाटा चोरी, सचेत रहन आग्रह

टेकपाना टेकपाना

मंसिर ९, २०७६ १६:४६

वानप्लस स्मार्टफोनका प्रयाेगकर्ताको डाटा चोरी, सचेत रहन आग्रह

स्मार्टफोन निर्माता कम्पनी वानप्लसले आफ्ना मोबाइलफोन प्रयोगकर्ताको डाटा चोरी भएको जनाएको छ । कम्पनीले आफ्ना नयाँ प्रयोगकर्तालाई इमेलमा ‘सेक्युरीटी अलर्ट’ पठाउनुका साथै आफ्नो आधिकारीक वेबसाइटमार्फत सचेत रहन आग्रह समेत गरेको छ ।

स्मार्टफोनको दुनियामा उत्कृष्ट स्मार्टफोन बनाउने ब्राण्डको रुपमा आफुलाई स्थापित गर्न सफल वानप्लस सुरक्षाको हिसाबमा भने सधै पछि पर्दै आएको छ । कम्पनीको सुरक्षाको विषयमा यसअघि पनि धेरै पटक प्रश्न उठ्दै आएको थियो । गत वर्षमात्रै वनप्लस प्रयोगकर्ताको क्रेडिटकार्डको सूचना चोरी भएको थियो ।

अहिले फेरी अर्को समस्यमा देखा परेको हो । अहिले कम्पनीले अनाधिकृत पक्षले अनलाइन स्टोरमार्फत सामान अर्डर गरेको र अर्डर गर्दा प्रयोग भएको जनकारी पत्ता लगाएको र कम्पनीको वेभसाइट अनाधिकृत पक्षले एक्सेस पाइरहेको उल्लेख छ । तर, भुक्तानीको जानकारी र अकाउण्टको विषयमा भने एक्सेस नपाइसकेको कम्पनीकाे दाबी छ ।

कम्पनीका अनुसार हाल प्रयोगकर्ताको नाम, स्थान र फोन नम्बर र इमेल एकाउण्टमा भने ह्याकरले एक्सेस पाएको बताइएकाे छ । यो विषयमा कम्पनीले अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१