close

भारतको डिजिटल पेमेन्ट कम्पनी पेटीएमको मूल्य १८ खर्ब ३१ अर्ब, थपियो १ खर्ब लगानी

टेकपाना टेकपाना

मंसिर ९, २०७६ १५:५४

भारतको डिजिटल  पेमेन्ट कम्पनी पेटीएमको मूल्य १८ खर्ब ३१ अर्ब, थपियो १ खर्ब लगानी

नेपालको ई–सेवा, खल्ती जस्तै भारतको भुक्तानी सेवा प्रदायक कम्पनी पेटीएम १८ खर्ब ३१ अर्ब चार करोड मूल्य बराबरको कम्पनी बनेको छ । एक अर्ब अमेरिकी डलर अर्थात एक खर्ब १ खर्ब १४ अबै ४४ करोड नेपाली रुपैयाँ बराबर नयाँ लगानी भित्र्याउने क्रममा कम्पनीको भ्याल्युएसन १६ अर्ब अमेरिकी डलर कायम गरिएको हो ।

पेटीएमका प्रमुख कार्यकारी अधिकृत विजय शंकरलाई उदृत गर्दै इकनोमिक टाइम्सले सो विषय सार्वजनिक गरेको हाे । रोयटर्सका अनुसार भारतको डिजिटल पेमेन्ट कम्पनी पेटीएमले सफ्ट बैंक र अलिबाबाबाट एक अर्ब अमेरिकी डलर लगानी जुटाएको छ ।

यद्यपी पेटीएमले आधिकारिक रुपमा उक्त डिलको खुलासा भने गरिसकेको छैन । कम्पनीले डिजिटल पेमेन्टमा प्रयोगकर्ताको संख्या बढाउन एक खर्ब भारु खर्च गर्ने योजना समेत बनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१